पत्रकार ओम हमाल पक्राउ परेपछि गृहमन्त्रीलाई आयो यस्तो पत्र

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ भाद्र १२, बिहीबार) ०८:१८

समाचार सकलनको क्रममा पोखराबाट पत्रकार ओम हमाल पक्राउ परेपछि सहकर्मी मोनिका गुरङले गृहमन्त्री रामबहादुर थापालाई यस्तो पत्र लेखिन ।

सम्माननिय गृहमन्त्री ज्यु !
जनताको सेवामा अति बेस्त हुनुहुन्छ होला । संजालतिरको मेरो यो सस्तो पोस्ट तपाइँको महङ्गो दरबारसम्म त जाला या नजाला यकिनका साथ भन्न त सक्दिन तर जरुरी थियो तेसकारण आज तपाइँलाई पत्र कोर्दै छु ।
ए ! आफ्नै कहानी रैछ भनेर बिचमै पढन नछोड्नुहोला पुरै पढ्ने कोसिस गर्नुहोला । आज भन्दा करिब १७/१८ बर्ष पहिलेको कुरा हो । पत्रकार ओम हमाल नेपालवान टेलिभिजनका क्षत्रीय प्रमुख थिए । तिनताका अहिले झै मोबाइल छ्याप्छ्याप्ती आएको थिएन र जिल्ला रिपोर्टरहरुसंङ्ग भिडियो क्यामरा हुने थिएन, महत्त्व पुर्ण कार्यक्रम वा ठुला घट्ना भए आफ्नो क्षत्रभित्रको जुनसुकै जिल्लामा जसरी भएपनी दगुर्नुपर्ने हुन्थ्यो ।
म र मेरा गुरु ओम हमाल पर्बत जिल्लाको कुश्मामा गुप्तेश्वोर महोत्सवको समाचार बनाउन पुगेका थियौं तेसदिन । दिउँसोको दुई बजेतिर हामी पोखरा फर्किने तरखरमा थियौं रेकर्ड भएको क्यामराको मिनिटेप पोखरा हवाइजहाजबाट काठमाडौ मुख्य कारलय पठाउनुथियो ।
तर करिब दुई बजेको समयतिर कुश्मा बजारमा कोकोहोलो मच्चियो । भ्याप्ले खोलोमा बम पड्कियो!भ्याप्ले खोलोमा बम पड्कियो ! भन्दै मान्छेहरु हस्याङ्फस्याङ गर्दै थिए । हामी (म,हमाल सर र पर्बत जिल्ला रिपोटर) घट्नास्थलतिर लाग्यौं । त्यो भ्याप्ले खोलो कुश्मादेखी पोखरा आउने दिशामा पर्दोरहेछ हामी लगायत थुप्रै सर्बसाधारण तेतै तर्फ लाग्यौं । घट्नास्थलभन्दा करिब दुई किलोमीटर वरै २०/२५ जना सशस्त्र प्रहरी बसेका रहेछन सुरक्षा घेराको निम्ति । एक मेजर एक प्रहरी इन्स्पेक्टर सहित केही सुरक्षाकर्मीले बिरगती पाएको त्यो घटना तपाइँको जनयुद्धले घटाएको हैन र मन्त्री ज्यु ?। सेना प्रहरीका घाइतेलाई र शबलाइ निश्चित ठाउँमा नपुराइन्जेल मेजरको गाडीको पछि पछि आउदै गरेको एक टोयोटा ट्याक्सी भित्र ५/६ जना घाइतेहरुले मृत्युको घडी गन्दैछ भन्ने था पाएपछि हमाल पानीबाट निकालेको माछा जस्तै भयो । बर्गिय उत्थान हुन्छ जनताको सत्ता आउँछ भनेर मख्ख परेको हमालको राजनैतिक आस्था तपाईंकै पार्टिको थियो गृहमन्त्री ज्यु तेतिबेला । तर उ तेतिबेला पनि मात्रै पत्रकार थियो हतियार बोक्ने लडाकु थिएन । नबिराउनु नडराउनु त्यहाँ हतियारले सज्जिएका प्रहरीलाई झ्याँक्को झारेर एउटा ड्राइभर सहितको मोटर साइकल (नेस्टो भन्ने संस्थाका कर्मचारी थिए ती दिलदार हिम्मतवाला ड्राइभर ) ब्यबस्था गरेर यो तपाइँको सरकारले हतकडी लाएको फोटोमा झै दुइटा हात माथी उठाएर भिडियो क्यामरा माथी ठडाएर कुदे नर्कको आगोमा हाम फालेझै । उनले त्यो क्यामरा बिद्रोहि सेनाले देखुन पत्रकार भनेर गोलि नहानुन भनेर ठडाका होलान् शायद । जे पनि हुन सक्थ्यो त्यहाँ तर उनले त्यो लोकल ट्याक्सी बाहेक केही देखेनन ।
भ्याप्ले खोलोको जस्तै अनेकौं घट्नाका मुख्य योजनाकार र दोषी तपाईंहरुले यो सुधो पत्रकारमाथि हत्कडी लगाएको देख्दा मलाई ताज्जुब लाग्छ । भोलिको दिनमा तपाइले प्रतिबन्ध लगाएको पार्टी सत्तामा आएछ भने पनि उ नेता मन्त्री हुने हैन हजुर । मात्रै पत्रकार नै हुने हो । किनकी राजनीतिग्यमा हुनुपर्ने मिजास उसमा छैन उनि बेइमान गर्न जान्दैनन् ढांट्छल गर्न जान्दैनन । सलामी हरामी र गुलामी उनका लागि क्यान्सर हो । राजनीती आस्था जुनसुकै पार्टीको राख्ने नेपालभरिकै सबै पत्रकार उनको रिहाइको लागि लागिपरेका छन यतिबेला । कसैले केन्द्रबाट सर्वोच्चको काम हेरेका छन त कसैले जिल्लामा ।
आखिर कलम देखि यतिभाँती किन डराउनु हुन्छ तपाईंहरु ?


(२०७६ भाद्र १२, बिहीबार) ०८:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro