अखिल (क्रान्तिकारी ) कैलालीले यातायातमा विद्यार्थीलाई ४५% छुट को माग गरेका छन्

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ भाद्र ११, बुधबार) ०७:४८

धनगढी,अखिल (क्रान्तिकारी ) कैलाली ले यातायात मा विद्यार्थी लाई ४५% छुट को माग गर्दै सुदुरपस्चिम को मुटु मानिने धनगढी बस्पार्क लगायत अत्तरिया, लम्की, टिकापुर बस्पार्क मा कालो ब्यानर राखेर सचेतना पत्र बितरण गरेको छ । पछिल्लो समय यातायात मा विद्यार्थी ले पाउनुपर्ने ४५% छुट विभिन्न बाहानामा रोकिएको ले यो कदम चाल्नुपरेको अखिल ( क्रान्तिकारी ) कैलाली ले जनायको छ । संगठन को केन्द्रिय कार्यक्रम कम्युनिस्ट विद्यार्थी अभियान २ देसैभरी घनिभुत तरिकाले चलिरहेको बेला अखिल ( क्रान्तिकारी ) कैलाली ले नेपाली हरुको महान चांड दसौं तिहारको मुखैमा विद्यार्थीहरु विभिन्न बाहानामा लुटिने र कठिन यात्रा गर्न बाध्य हुने भयकाले समयमै सम्बन्धित निकायको ध्यानाकर्षण लागि अपिल गरेको छ । यो सरकार दलाल ,भ्रष्टाचार , बलात्कार , शैक्षिक माफिया , कालोबजारी को मुखदर्सक भयपनी आफुहरु भने विद्यार्थी को हक अधिकार का लागि निरन्तर संघर्ष गर्दै आएकोले तत्काल यो निर्णय कार्यान्वयन नगरे कडा संघर्ष गर्न बाध्य हुने छौ। कम्युनिस्ट विद्यार्थी अभियान २ कै क्रममा अखिल ( क्रान्तिकारी ) कैलाली ले केहि दिन अगाडि महान सहिद प्रज्वलको स्मृतिमा बृक्षारोपण कार्यक्रम गरेको थियो।


(२०७६ भाद्र ११, बुधबार) ०७:४८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना