भारतलाई पाकिस्तानी मन्त्रीको चेतावनी– औंला उठाए हात भाँचिदिन्छौं

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र ९, सोमबार) २०:०४

कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीच बढ्दो तनाव घट्ने कुनै संकेत देखिएको छैन । बरु, राजनीतिक स्तरमा दुवै मुलुकका नेताहरु उत्तेजित हुँदै प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

यसै क्रममा आइतबार लाहोरमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले भने, ँनरेन्द्र मोदी फासीवादी हुन्, दोस्रो पटक चुनाव जितेर आएपछि उनी केही बढी नै घमण्डी भएका छन् ।’

उनले क्षेत्रीय स्तरमा भारतले शान्ति चाहेमा आफूहरु शान्तिकै पक्षमा रहने र युद्ध चाहेमा आफूहरु पनि तयार रहेको चेतावनीसमेत दिए । ँजस्तोसूकै परिस्थितिका लागि हामी तयार छौं,’ उनले भने, ँहामीतिर औंला उठाउने हो भने हामी हात भाँचिदिन्छौं, मुक्का देखाउँछौं भने दाँत झारिदिन्छौं ।’

उनले पाकिस्तानी कुटनीतिक गतिविधि सही दिशातिर गइरहेको जिकिर गर्दै उनले संयुक्त राष्ट्रसंघमा पाकिस्तानले यो विषयलाई जोडदार रुपमा उठाउने बताए ।

यसअघि पाकिस्तानका रेलमन्त्री शेख रासिदले आइतबार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फरावादमा पत्रकारहरुसँग कुरा गर्दै भारतले पाकिस्तानमाथि हमला गरेमा उपमहाद्वीपमा भारतको नक्सा नै परिवर्तन हुने चेतावनी दिएका थिए । ९एजेन्सी०


(२०७६ भाद्र ९, सोमबार) २०:०४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro