विद्युत प्राधिकरणले थाल्याे शेयर जारी गर्ने तयारी 

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष ९, शनिबार) ०२:१६

काठमाडौं,९  पुस  ।

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी थालेको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक डेढ वर्षमा प्राधिकरण ऐन अनुसार साधारण शेयर जारी गरि नागरिकलाई लगानीका लागि आग्रह गरिने जानकारी दिए।

प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने भएको जानकारी दिँदै साधारण शेयर जारी गर्नुअघि प्राधिकरणलाई नाफामा पुर्‍याउने बताए । एक डेढ वर्षभित्र प्राधिकरणलाई नाफामा पुर्‍याउने र त्यसपछि सर्वसाधारणका लागि पनि शेयर जारी गर्नेगरि काम थालिसकिएको निर्देशक घिसिङको भनाई छ ।

तीन वर्ष पहिले २९ अर्ब घाटा व्यहोरेको प्राधिकरणको घाटा अहिले ३५ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले देशैभरि लोडसेडिङ मुक्त गर्ने तयारी गरिरहेको पनि बताए ।


(२०७३ पुष ९, शनिबार) ०२:१६ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना