राजाबादी र बिद्रोही नेकपाबाट गणतन्त्रलाइ खतरा ! कति हास्नु ? ;शेखर कोइराला

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ भाद्र ७, शनिबार) ००:४१

मोरङ

जनअधिकार अभियानको आयोजनामा वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ ।

बरिष्ठ अधिवक्ता एवम् जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला,नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती, समाजबादी पार्टीका नेता रामरिजन यादव, वरिष्ठ पत्रकार नरेन्द्रजंङ्ग पिटर, बरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवति, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देवबहादुर पौडेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, ईन्सेक प्रदेश संयोजक सोमबहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्वव तिमिल्सिना, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल लगायतले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको टिप्पणी गरेका थिए ।

बोल्नेक्रममा कांग्रेस नेता कोईरालाले सरकारले गणतन्त्र खतरामा परेको टिप्पणी गर्नु हास्यास्पद भएको जिकिर गरेका छन् । उनले गणतन्त्र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र राजाबादीहरुका कारणले नभएर सरकारका कारण खतरामा परेको टिप्पणी गरे । सर्बदलीय बैठक बसेर विप्लप नेकपा र राजाबादिहरुबाट गणतन्त्रको खतरा भएको भन्ने सुन्दा आफुलाई हासो लागेको उनले बताए ।  कोईरालाले सरकारले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । कम्युनिस्ट सरकारका नाममा कम्युनिस्टलाई दबाउने र अन्य लोकतान्त्रिक शक्तिहरुलाई समेत विभिन्न विधेयक र ऐन कानुन बनाएर लोकतन्त्रलाई धरापमा पार्न खोजेको बताए, नेता कोईरालाले मिडिया काउन्सिल विधेयक, आम सञ्चार सम्बन्धीको विधेयक, राष्ट्रिय सुरक्षा र मानवअधिकारको विधेयक पारित गरिए लोकतान्त्रिक नेपाल पञ्चायतकालमा फर्कने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेको सरकार निरङ्कुश बन्न खोजेको आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको विरोध गर्नुभयो । लोकतान्त्रिक नेपाल पञ्चायतकालमा फर्कने बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्माले सर्लाहीमा हत्या गरिएका कुमार पौडेलको निष्पक्ष छानबिन गर्न सरकारले असहजता देखाएको टिप्पणी गरे । उनले राज्यको आडमा मानवअधिकार हनन् नगर्न सरकारलाई अनुरोध समेत गरेका थिए । राजनीतिक एवम् अन्य विमतिहरु राख्दैमा राज्यले नागरिकलाई हत्या वा गिरफ्तारी गर्नु मानवअधिकार विरोधी भएको समेत बताए । आयुक्त शर्माले हिंसाको बाटो नसमात्न सबै पक्षलाइ आग्रह समेत गरेका थिए । उनले कुमार पौडेल हत्याबारेको प्रतिवेदन १५ दिनमा सार्वजनिक गर्ने जानकारी दिए ।

कार्यक्रमको सञ्चालन अभियान नेपालका राम भण्डारी र धन्यवाद मन्तब्य सरला रेग्मीले राख्नुभएको थियोे ।


(२०७६ भाद्र ७, शनिबार) ००:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro