बाढीले ढलेका चार सिमा स्तम्भ निर्माणमा अन्यौलता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ भाद्र ३, मंगलवार) १६:२२

मनोज श्रीवास्तव/ कपिलवस्तु ।

गत अषाढ २८ गते आएको बाढिले ढलेका सीमास्तम्भ निर्माणमा अन्योलता देखिएको छ । सीमास्तम्भ निर्माणका लागि नेपाल र भारतका दुई देशिय केन्द्रियस्तरको सर्वेक्षक सहितको प्राबिधिक टोलीको आवश्यकता पर्ने भएकाले सीमास्तम्भ कहिलेसम्म निर्माण हुने सो बारे अन्योलता बढदै गएको हो ।

एक महिना अघिको बर्षाको भेलले बिजयनगर गाँउपालिका – ५ स्थित चिरई खोलाका ४ वटा सीमास्तम्भ ढलेका हुन । विजयनगर गाउपालिका–५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८\७ र त्यस्को आधा कि.मी उत्तर पिलर नं. ५७८\१० पानीमा लडेको छ । गाउँपालिकाको वार्ड नं. ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७\७ र ५७७\९ ढलेका छन् । ५७७\९ नंबर पिलर तेस्रो परेर वालुवामा धसिएको छ भने ५७७\७ पानीमा डुबेर देखिनै छोडेको छ । उता विजयनगर गाउपालिका–१, चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको खुल्न आएको छ ।

सीमास्तम्भ लडेको महिना दिन हुदाँ समेत सिमा स्तम्भको निर्माणका लागि कुनै पहल नभएको स्थानीय बताउछन् । बिगतमा सीमास्तम्भ निर्माण गर्दा गुणस्तरिय काम नगर्दा सानो भेलमा नै सिमास्तम्भमा क्षति पुगेको स्थानीयको आरोप छ ।

बर्षाको भेलले सीमास्तम्भ लडाए सँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमास्तम्भको निगरानी गर्दै आएको छ । सीमास्तम्भ निर्माणका लागि दुई देशिय टोलीकै आवश्यकता पर्ने भएकाले सो का लागि केन्द्रियस्तरकै पहल आवश्यक देखिएको छ ।

सीमास्तम्भ ढलेको बिषयमा सम्बन्धित निकायमा सुचना प्रवाह गर्नुका साथै ति स्थानको नियमित निगरानी गरिएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलबस्तुका गणपति शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए ।

कपिलवस्तु जिल्ला सँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन । दुई देशका सिमामा ४६ मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सिमास्तम्भ र २ सय ६० साना सिमास्तम्भ गरि कुल ५ सय ३२ सिमा स्तम्भ छन् ।


(२०७६ भाद्र ३, मंगलवार) १६:२२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro