हमालले भुकम्प र थारुलाई पक्राउ गराए

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ भाद्र ३, मंगलवार) ०६:५१

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का बर्दिया जिल्ला सचिब दिलबहादुर कठायत ‘भूकम्प’ र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य विश्वम्भर थारुलाई पक्राउ गरेको छ । नेता भुकम्प पार्टी निकट क्रान्तिकारी युवा लिगका महासचिव समेत हुन्।

उनीहरुलाई जिल्लाको राधाकृष्ण चोकबाट सोमबार १ बजेतिर पक्राउ गरिएको ने.क.पा. (क्रान्तिकारी माओवादी)ले जानकारी दिएको छ।  भदौं ४ गते आयोजना गरिएको पार्टीको जिल्ला प्रशिक्षणको तयारी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको क्रान्तिकारी माओवादीको भनाइ छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरियामा राखिएको छ । यता प्रहरी प्रशासनले पनि उनीहरु पक्राउ परेको पुष्टि गरेको छ । पक्राउको कारणबारे भने प्रहरीले खुलाएको छैन ।

यसैबीच, ने.क.पा. (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एबम बाँके–बर्दिया इन्चार्ज संकुलले आफ्नो पार्टीको बढ्दो प्रभावबाट आतंकित बन्न पुगेका सत्तारुढ नेकपाका नेताहरुले प्रहरी प्रशासनको दुरुपयोग गरी क्रान्तिकारी माओवादीका नेताहरुलाई गिरफ्तार गराएको आरोप लगाएका छन् । उनले “सत्तारुढ  नेकपाका स्थानीय नेता तथा बर्दियाको मधुवन नपा वडा नं. ७ का अध्यक्ष राजेन्द्र हमालले प्रहरी प्रशासन लगाएर विनाकारण पार्टीका जिल्ला सचिव समेत रहेका क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत भूकम्प र देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य विश्वम्भर थारुलाई पक्राउ गराएको” आरोप लगाए ।

राजनीतिक पूर्वाग्रह राखेर पार्टीका नेताहरुलाई पक्राउ गरिएको भन्दै नेता संकुलले उनीहरुलाई तत्काल रिहाई गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।


(२०७६ भाद्र ३, मंगलवार) ०६:५१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

अनियमितता गरेको भन्दै आफैंले छानविन गरिरहेकै व्यक्ति पोखरा महानगरको सहकारी विभाग प्रमुख नियुक्त

ब्यापक अनियमितता भएको भन्दै आफैले छानबिन गरिरहेका सत्तारुढ नेकपाका नेतालाई पोखरा महानगरपालिकाले सहकारी विभाग प्रमुख बनाएको खुलासा भएको छ। हाल अख्तियार दुरुपयोग अनुसन्धानको पोखरा कार्यालय पोखराले.....

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

Exchange Rate

Nepali Patro