फैसला विवादस्पद भएपछि न्यायाधिश अधिकारीद्वारा राजिनामा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २, सोमबार) १६:१४

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन्। गोर्खा ब्रुअरी कम्पनी सम्बन्धि उनले गरेको फैसला विवादस्पद भएपछि न्यायाधिश अधिकारीले राजिनामा दिएका हुन्।

न्यायाधीश अधिकारीले केही समय पहिले गरेको गोर्खा ब्रुअरीको कर विवाद सम्बन्धि फैसला बिबादित बनेको थियो।  सो फैसला विवादस्पद भएपछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा गठित छानविन समितिमा आइतबार बयान दिए पछि न्यायाधीश अधिकारीले  राजीनामा दिएका हुन ।

प्रदेश ३ अन्तर्गत पर्ने आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनले गरेको निर्णयलाई प्रादेशीक क्षेत्राधिकार नाघेर गण्डकी प्रदेश अन्तरगतको उच्च अदालत पोखराले सुनुवाइ गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको इजलासले तीन जना न्यायाधीशमाथि छानबिन गर्न न्यायपरिषदलाई लेखी पठाउन आदेश दिएका थिए ।

आन्तरिक राजश्व कार्यालय भरतपुरले निर्धारण गरेको ८८ करोड ८१ लाख भन्दा बढी अन्तःशुल्क तिर्न पठाएको पत्रविरुद्ध गोर्खा ब्रुअरीले बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

रिटमाथि सुनुवाई गर्दै नरबहादुर शाही र जीवनहरि अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध आइतबार आन्तरिक राजश्व कार्यालय भरतपुरका तर्फबाट कर अधिकृत सुव प्रसाद रिजालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उच्चको आदेश बदर गर्दै न्यायाधीशलाई समेत छानबिन गर्न भनेको थियो ।

मन्त्रिपरिषदले २०७५ साल साउन १८ गते अन्तरिक राजश्व कार्यालय भरतपुरको कार्यक्षेत्र चितवन र नवलपरासी निर्धारण गरेको थियो ।

प्रदेश ३ अन्तरगतको आन्तरिक राजश्व कार्यालयले अन्तशुऌक निर्धारण गर्ने भए पनि नवलपरासी गण्डकी प्रदेशमा पर्ने भएकाले गोर्खा ब्रुअरीले दायर गरेको रिटलाई उच्च अदालत पोखराले सुनुवाइ गरेको दाबी गरिएको छ ।


(२०७६ भाद्र २, सोमबार) १६:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro