छानबिनमा अबरोध नगर्न भन्दै युवाहरुको प्रदर्शन, रवि लामिछानेका समर्थकहरुद्वारा प्रहरीको गाडी तोडफोड, चार राउण्ड अश्रु ग्याँस प्रहार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ३२, शनिबार) १३:३९

पत्रकार  शालिकराम पुडासैनी आत्महत्या गर्न उत्प्रेरित गरेको आरोपमा प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने लगायत तीन जनालाई पक्राउ गरे पछी चितवनको भरतपुरमा आज लामिछानेका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् भने चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्रदर्शन गरिएको हो । आरोपीहरुलाई अदालतले हिजोमात्र म्याद थप गरी प्रहरीको अनुसन्धामै रहेको घटनामा विरोध गर्नु र समर्थन गर्नुको कुनै औचित्य नभएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिनुपर्ने माग गरिएको थियो ।

‘स्वतन्त्र युवा समूह’ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजै  लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

शान्ति पूर्ण विरोधमा उत्रिएका रवि लामिछानेका समर्थकहरुले तोडफोड गर्न सुरु गरेका थिए  । विहानैदेखि प्रर्दर्शनमा उत्रिएका रविका सर्मकहरुले प्रहरीकै गाडी तोडफोड गरेका छन् । प्रहरी र प्रर्दशनकारीबीच झड्प समेत भएको छ । प्रर्दशनकारीहरुलाई तितरवितर पार्न चार राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेका छ । यता प्रदर्शनकारीले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्न छाडेका छैनन् । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संख्यामा खटिएका प्रहरीले लाठिचार्ज समेत गरेको छ ।

प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालत चितवनबाट पाँच  दिनको म्याद थप गरिएको छ ।

यसैबीच, कांग्रेस नेता तथा छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले चितवनका एसपी र सिडयो भेटेर निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानविन गर्न माग गरे । उनले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाई समेत भेट गरेका छन् । रबिले पनि निश्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

शुक्रवार जिल्ला अदालत चितवनले लामिछानेका साथै युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो। प्रहरीले १० दिनको म्याद मागेपनि जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको थियो।


(२०७६ श्रावण ३२, शनिबार) १३:३९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro