पत्रकार पुडासैनीको आत्महत्या अघिको भिडियोमा नाम मुछिएकी युवती कार्की पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ३०, बिहीबार) १७:५४

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानविनकालागि प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई काठमाण्डौंबाट पक्राउ गरेको छ । पत्रकार पुडाशैनिको मृत्युअघिको भिडियोमा नाम मुछिएपछि जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले बिहिबार काठमाण्डौंबाट पक्राउ गरेको हो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वजनिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्। पेशाले नर्स समेत रहेकी कार्कीलाई  पक्राउ परेसँगै प्रहरीले रबि लामिछाने र युवराज कँडेलमाथी समेत निगरानी बढाएको छ ।

आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको भिडियोमा रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न माध्य पारेको उल्लेख गरेका थिए । सोही भिडियोको आधारमा प्रहरीले कार्कीलाई पक्राउ गरेको जनाएको छ । रबि र कँडेललाई समेत पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाईने बताउँदै आएको प्रहरीले बिहिबार कार्कीलाई पक्राउ गरी चितवन पुर्याएको हो ।

पत्रकार पुडासैनी गत २१ गते चितवनको भरतपुरस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ।


(२०७६ श्रावण ३०, बिहीबार) १७:५४ मा प्रकाशित

Exchange Rate

Nepali Patro