प्रदेश मन्त्री खत्रीलाई तीन दिनभित्र पक्राउ गर्न अदालतको आदेश

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण २८, मंगलवार) २३:००

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी अदालतमा पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

 बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै उच्च अदालत पाटनले प्रदेश मन्त्री खत्रीलाई पक्राउ गरी अदालतमा पेश गर्न पेश गर्न आदेश दिएको हो  ।

कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको छ ।

कृषि विकास बैंक मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुल प्रसाद पनेरुले दायर गरेको बैंकिङ कसूर मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा छन् ।

उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सोमबार प्रतिवादी खत्री कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्री बहाल रहेको भए ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको हो । त्यस्तै राजुप्रसाद खत्रीलाई मुलुकी फौजदारी संहिताअनुसार समाह्वान जारी गर्न आदेश दिइएको छ ।

उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पु¥याएको कृषि विकास बैंकको दाबी छ ।


(२०७६ श्रावण २८, मंगलवार) २३:०० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro