कहाँ पुग्यो पोखरा – ३३ मा ‘अबैध काठ’ बरामदको कारवाही प्रक्रिया !

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७६ श्रावण २८, मंगलवार) १९:४७

पोखरा महानगरपालिका ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट करीब ५/६ सय क्युफिट सालको काठ लुकाएर राखेको अवस्थामा भेटीएको एक हप्ता बढी भएको छ । उक्त काठ एक विशेष सूचनाको आधारमा डीभिजन बन कार्यालय पोखरा बाट गएको टोलीले बरामद गरेको हो ।

 

उपल्लो पूड़ीटारका केश बहादुर आलेको घर बाट र तल्लो पूडिटारका शंकर अधिकारीको घर छेउको अधिकारीकै बल्क कम्पनीमा राखिएको अवस्थामा काठ बरामद गरिएको बन कार्यालयबाट खटाइएका अधिकृत राम बहादुर बिकले जानकारी दिनुभएको थियो । केश बहादुर आले टोल विकास संस्थाका अध्यक्ष साथै स्कूल ब्यवस्थापन समितिका अध्यक्ष समेत हून् भने शंकर अधिकारी टोल बिकास, स्कूल ब्यवस्थापन साथै तल्लो पूड़ी सामुदायिक बनका अध्यक्ष समेत हून् ।

 

पूडिटार बरपौवा बाटो निर्माण गर्दा धारापानी सामुदायिक बनमा लडेका सालका रुख भित्री गठबंधनमा अबैध रूपले ब्यात्तिले लगेको धारापानीका एक स्थानियले बताएका थिए। समितिमा कुनै छलफल नभएको समेत उनले बताएका हून् । यसरी काठ बिक्री वितरण गर्नु अघि जिल्ला बनको सहमति साथै समितिको सहमति सहित टॉचा अनिवार्य लगाउनु पर्ने हुन्छ । तर उक्त काठमा कुनैपनी टॉचा नभएको पाहिएको थियो।

 

यता बन कार्यालयका डीएफओ राम काजी गुरुंगले अनुसन्धान अधिकृत राम बहादुर बिकलाई सम्पूर्ण जिम्मेवारी दिएको बताउनु भएको छ भने रामबहादुर आफुले काम कारवाही अगाडि बढाई रहेको जानकारी दिनुभयो । अनुसंधानको लागि सीडियोको साहायतामा अघि बढिरहेको र पहिलो, दोस्रो र तेस्रो पक्ष सँग बयान लिएपछि कुन किसिमको कारवाही गर्ने टुङ्गो लाग्ने उहाँको भनाइ थियो । जसमा शंकर अधिकारी र केसब आलेको बयान लीईसकेको समेत जानकारी बिकले दिनुभएको छ ।


(२०७६ श्रावण २८, मंगलवार) १९:४७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro