नेपाली सेनाका मेजर सिंह लागु औषध ब्राउन सुगरसहित पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण २६, आईतवार) ०५:३१

नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा कार्यरत मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टर छेऊबाट कैलालीको धनगढी घर भएका मेजर सिंहलाई पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले उनलाई शनिबार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार उनको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको छ ।

इटहरीका डीएसपी समिरचन्द्र खरेलले सिंहलाई पक्राउ गरिएको पुष्टि गरे  ।

सैनिक स्रोतले मेजर सिंह साँझ ६ बजे पृतनाबाट बाहिर निस्किएको पुष्टि गरेको छ । स्रोतले भन्यो- ‘उहाँलाई पृतना बाहिर सर्पदंश केन्द्र छेउबाट प्रहरीले लगेको सूचना आएको छ ।’

घटनाबारे जानकारी प्राप्त भएलगत्तै सैनिक प्रहरीको टोली नेपाल प्रहरीसँग समन्वयका लागि निस्किएको स्रोतले बतायो । प्रहरीले पनि अनुसन्धान जारी राखिएको जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित सैन्य अधिकारी पक्राउ भएको पुष्टि भए सैनिक ऐन अनुसार कारबाही हुने बताए। त्यस्ता घटनाहरुमा नेपाली सेनाले कोर्ट अफ इन्काइरी गठन गर्ने र समरी सैनिक अदालतले कारबाही गर्ने प्रावधान रहेको प्रवक्ता पाण्डेले जानकारी दिए। उनले गैरकानूनी क्रियाकलापमा संलग्न हुने सैन्य अधिकारीहरुको डिमोसनसमेत हुन सक्ने बताए।


(२०७६ श्रावण २६, आईतवार) ०५:३१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro