गण्डकका कारागार र प्रहरी हिरासत ने.क.पा.का नेता-कार्यकर्ताले भरिंदै , कोही पार्टी छाड्दै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण २३, बिहीबार) १८:२०

दश बर्षे महान जनयुद्धका बेलामा गद्दार क्षेत्र भनेर पहिचान बनाएको गण्डक क्षेत्र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको एकीकृत जनक्रान्तिको शुरुवाती चरणमा केही सशक्त बन्ने कोशिशमा लागेको छ।

मोहन बैद्यसंग पार्टी विभाजन गरेर बिप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरेपश्चात गण्डकमा नेपाल कम्युनिस्ट पार्टी केही सशक्त र जुझारु देखिएको थियो।  तर  गएको फागुन २८ गतेदेखि पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि गण्डक क्षेत्रमा ने.क.पा.ले ठुलो क्षति व्यहोरेको छ।

पार्टी केन्द्रले पटक पटक संगठन बिस्तार एबम सुदृढीकरण अभियान संचालन गरेर गण्डक क्षेत्रमा संगठन सुदृढ गरिएको ने.क.पा.को गण्डक क्षेत्रका नेताहरुको दाबी छ।  उनीहरु पहिलेको भन्दा अहिले गण्डक क्षेत्रमा संगठन बलियो रहेको दाबी गर्छन।

नेताहरुले आफ्नो संगठन गण्डक क्षेत्रमा बलियो दाबी गरे पनि पार्टी प्रतिबन्धपछि गण्डकक्षेत्रका धेरै नेता तथा कार्यकर्ता पक्राउ गरिएको छ।  पक्राउ परेका नेता तथा कार्यकर्ताको स्थानमा नया  नेतालाई जिम्मेवारी दिएर ने.क.पा. गण्डक ब्युरोले आफ्नो पार्टीलाई संगठनात्मक रुपमा सशक्त बनाउने कोशिश गरेको छ। ब्युरो बैठकले हाल प्रहरी हिरासत र कारागारमा रहेका नेता तथा कार्यकर्ताको सम्पूर्ण जिम्मेवारीबाट हटाएर पार्टी सदस्यता मात्र कायम गरेको समाचारस्रोतले जानकारी दिएको छ।

ने.क.पा. गण्डक ब्युरोको बैठकले तनहुँबाट सरुवा गरी कास्की जिल्लामा रिक्त जिल्ला सेक्रेटरीका रुपमा खटिएका क. सुजन पोखरा पुगेर कार्य योजना बनाउन नभ्याउँदै गिरफ्तारीमा परेर अहिलॆ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।  उनलाई बिगतमा पोखराको सस्तो बजारमा चलेको आन्दोलनका क्रममा भएका घटनासंग जोडेर प्रहरीले ज्यान मार्ने उद्योग र बम बिस्फोट सम्बन्धी मुद्दा लगाएको छ।

सुजनभन्दा अघि कास्की जिल्ला सेक्रेटरी रहेका आक्रोश लगायत कास्की जिल्लाका चार जना नेताहरु अहिले स्याङ्जा जिल्ला कारागारमा रहेका छन्।  हाल स्याङ्जा जिल्ला कारागारमा रहेका कास्कीका नेताहरुमा तात्कालीन जिल्ला सेक्रेटरी आक्रोश, तात्कालीन जिल्ला सदस्यहरु परिवर्तन, मिलन राई र काजी गुरुङ छन्।

परिवर्तन पार्टीको अन्नपुर्ण गाउपालिका इन्चार्ज पनि हुन्।  मिलन राई अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम गण्डक ब्युरो संयोजक थिए भने गुरुङ अखिल क्रान्तिकारीकै केन्द्रिय सदस्य एबम कास्की जिल्ला अध्यक्ष थिए।

उनीहरूसहित २० जनाको समूह गएको जेठ अन्तिम साता कास्की जिल्लाको घान्द्रुकस्थित उरीमा आखिल क्रान्तिकारी जिल्ला समिति कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला संयुक्त गिरफ्तारीमा परेका थिए।

गिरफ्तारीमा परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दा लगाएर हिरासतमा राखेको थियो।  तर बन्दी प्रतक्षीकरण मुद्दा पछी रिहा भएका चार जना नेतालाई प्रहरीले फेरी गिरफ्तार गरी तनहुँ पुर्याएको थियो।  त्यसपछि पनि उच्च अदालत पोखरामा बन्दी प्रतक्षीकरण मुद्दा परेपछि रिहा भएका उनीहरु फेरी गिरफ्तारीमा परेर प्रहरीले स्याङ्गजा लगेकोमा हाल उनीहरु स्याङ्गजा जिल्ला कारागारमा छन्।

उनीहरुसंगै पक्राउ परेका अन्य बिद्यार्थी नेताहरु हिरासतमुक्त भएका छन्।  तर त्यतिबेला हिरासतमुक्त भएका बिद्यार्थी नेता एबम ईझझल्को डट कमका सहसम्पादक राजन साउदलाई कास्की प्रहरीले गएको साता फेरी गिरफ्तार गरेर मुद्दा चलाएको छ।

ने.क.पा. कास्कीका सदस्य एबम कास्की जिल्ला जनसरकार प्रमुख रामकाजी गुरुङ चार दिन अघि फेरी पक्राउ परेका छन्।  उनी करीब तीन महिना अघि पनि राजद्रोहको मुद्दामा पक्राउ परेर छुटेका थिए।  त्यतिबेला उनीसंगै पक्राउ परेका पार्टी जिल्ला सदस्य एबम तमुवान जनसरकार प्रमुख किसनसिंह गुरुङ हाल तारिख धाइरहेका छन्।  ढाडको अपरेशन गरेर स्वास्थ्य लाभ गरी घरमै बसिरहेका नेता गुरुङ कास्कीमा इमान्दार र सोझो कार्यकर्ताको रुपमा चिनिन्छन।

कास्कीको पोखराबाटै गिरफ्तारीमा परेका ने.क.पा. कार्यकर्ता संजीव कार्की (बुलेट) अहिले कास्की जिल्ला कारागारमा बन्दी छन्।  ने.क.पा. कास्कीका सदस्य एबम माछापुछ्रे गाउपालिका इन्चार्ज पुष्प कार्कीले पार्टी परित्याग गरेर सत्तारुढ नेकपामा प्रवेश गरेका छन्।  उनी अखिल नेपाल भूमीहिन किसान महासंघका केन्द्रिय सदस्य एबम कास्की जिल्ला अध्यक्ष समेत रहेका थिए।

यसैबीच गोर्खा जिल्लाबाट गिरफ्तारीमा परेका ने.क.पा. गोर्खाको तात्कालीन जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्टलाई आज प्रहरीले फेरी गिरफ्तार गरेर स्याङ्जा लागेको छ।  उनीहरुलाई तात्कालीन समयमा गोर्खा जिल्लामा मुद्दा चलाएपछि बन्दी प्रतक्षीकरण मुद्दाका कारण उच्च अदालतको आदेशमा छाडिएपनि फेरी तनहुँमा ल्याई मुद्दा चलाइएको थियो , तनहुँमा पनि अदालतले छाडेपछि उनीहरुलाई पक्राउ गरेर कास्की ल्याई मुद्दा चलाइएकोमा हिजो अदालतले छाडेको थियो।  तर उनीहरुलाई कारागारमा नै राखी प्रहरीले आज स्याङ्जा पठाएको छ।

उता तात्कालीन जिल्ला सेक्रेटरी एसबी थापा मगरले पार्टी छाडेपछि जिल्ला सेक्रेटरी हुन पुगेका कास्कीका गोकुल पराजुली र मजदुर नेता गोबिन्द ओली अहिले पनि स्याङ्जा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन्।  उनीहरुसंगै स्याङ्जा जिल्ला जनसरकार प्रमुख सागर अर्याल र दलित एबम महिला नेत्री मिसिरा नेपाली पनि स्याङ्जा जिल्ला कारागारमा बन्दी छन्।  उनीहरु बिरुद्ध प्रहरीले राजद्रोह अन्तरगतका बम बिष्फोट लगायतका विभिन्न मुद्दा चलाएर अदालत पेश गरेको थियो र अदालतले ठुलो रकम धरौटी माग गरेको थियो।

यसैबीच प्रहरीले स्याङ्गजाबाट नै नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता थानेश्वर केसी, श्याम अर्याल र सेराली मियालाई आफ्नै घर बसिरहेको अबस्थामा पक्राउ गरेको छ। उनीहरुमध्ये अर्याल र केसीलाई प्रहरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा पुर्याएर मुद्दा चलाएको छ।  यसैबीच बिहीबार नै स्याङजाबाट ने.क.पा.का कार्यकर्ता शिव दर्लामीलाई प्रहरीले गिरफतार गरेको खबर छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय तनहुँले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य तथा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष ब्यास नगरपालिका वडा नं १४ केशबटार बस्ने बर्ष ३६ को नेत्र प्रसाद थापा र युवा संगठन जिल्ला सचिव भानु नगरपालिका वडा नं २ भकुन्थोक बस्ने बर्ष ३० को विष्णु कुमार श्रेष्ठ ‘दृष्टि’ लाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । त्यस्तै तनहुँ प्रहरीले तनहुँको बुखैरेनी–३ बाट जिल्ला कमिटी सदस्य गणेश थापा क्षेत्री र घिरिङ–२ बाट एरिया कमिटी सदस्य धनबहादुर रानालाई पक्राउ गरेको छ ।

गोरखाबाट प्राप्त जानकारी अनुसार, ने.क.पा. गोर्खा जिल्ला सदस्य एबम अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका गोर्खाका संयोजक रोहितराज पन्तलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।  त्यस्तै गोर्खाका युवा नेता इश्वर पाण्डे अहिले जिल्ला प्रहरी कार्यालय धादिङ्गको हिरासतमा राजद्रोहको मुद्दा खेपिरहेका छन्।

यसैबीच बिगत ८/९ महिनादेखि पार्टीमा सम्पर्कबिहीन रहेका ने.क.पा. लमजुङ्ग जिल्लाका तात्कालीन जिल्ला सेक्रेटरी बिनोद सोनामले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।  उनी जस्तै  लमजुङ्ग पार्टीको जिल्ला सदस्य एबम तमुवान जनसरकारका सभामुख टेक “तारा”ले पनि पार्टी परित्याग गरी सत्तारुढ नेकपामा प्रवेश गरेका छन्।

यति धेरै आफ्ना नेता-कार्यकर्ता गिरफ्तारीमा पर्न थालेपछि ने.क.पा. गण्डक ब्युरोले यस बारेमा चनाखो रुपमा छानबिन गरिरहेको समाचार स्रोतको दाबी छ।  कहाँ-कसको कुन कमजोरीले गर्दा गण्डकमा यति ठुलो संख्यामा गिरफ्तारी भैरहेको छ भन्ने बारेमा पार्टीले छानबिन गरिरहेको बताइन्छ।

क्रान्तिको स्वरुप अनुरुप नेता-कार्यकर्ताको कार्यशैली परिवर्तन हुन् नसक्नु, गिरफ्तारीमा परेका र प्रहरी प्रशासनले जानकारी पाएका मोबाइल नम्बरहरु नै निरन्तर चलाइरहनु, लामो समयसम्म एकै ठाउमा बसेर इन्टरनेट तथा फेसबुक जस्ता सामाजिक संजाल चलाउनु नै गण्डक क्षेत्रमा बढी गिरफ्तार हुने मूल कारणहरु रहेको नेता तथा कार्यकर्ताबीच चर्चा हुन थालेको छ।  त्यति मात्र हैन, पार्टीभित्र घुसपैठ भएको पो हो कि भन्ने आशंका नेता तथा कार्यकर्ताले गर्न थालेका छन्।


(२०७६ श्रावण २३, बिहीबार) १८:२० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro