प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी : प्रहरीका एक जुनियर अधिकृत सहित चार जना पक्राउ

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ श्रावण १८, शनिबार) ०५:२७

प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी भएको खुलासा भएको छ । भारतमा लगेर मिर्गौला निकाल्न लागिएको वेला प्रहरीले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई ११ साउनमा उद्दार गरेसँगै घटनामा प्रहरी संलग्नताबारे रहस्योद्घाटन भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलिया, पूर्वहवल्दार थनितनसिंह गुरुङ, रमेश कार्की र नारायण पराजुलीलाई पक्राउ गरेको समाचार स्रोतले जनाएको छ । उनीहरुबिरुद्ध महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मानव बेचबिखन तथा आसोरपसार कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरी कारवाही अघि बढाएको प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए  ।

घटनामा सई थपलियाको संलग्नता देखिएलगत्तै काठमाडौं प्रहरी परिसर, टेकुले उनलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

काठमाण्डौको मनमैजुस्थित एक खाजा घरमा काम गर्ने काभ्रेका २४ वर्षीय बिष्णु खड्कालाई सामान्य चिनजान रहेका सई थपलियाले मिर्गौला विक्रीका लागि उक्साएको स्रोतको दाबी छ । जसरी पनि मोटरसाइकल चढ्ने हुटहुटी बोकेका खड्कालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर सई थपलियाले मिर्गौला दिन तयार बनाएको बताइएको छ।

अनमोल क्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरमा लगेर रगत परीक्षण पश्चात लगाइएको सुईका कारण रिगँटा लागेका खड्का एकैपटक सुनौली नाका पुग्दा मात्र होस खुलेको उनी बताउँछन् । सुनौलीमा पुगेपछि होश खुलेका खड्काले घर परिवारसँग सम्पर्क गराइदिन आग्रह गर्दा उनीहरुले मारेर फालिदिने धम्की दिएको पिडितको भनाई रहेको छ ।

तर काभ्रेका बिष्णु खड्का मनमैजुबाट अचानक बेपता भएपछि उनका आफन्तले उनको खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए।  त्यसपछि खड्काको खोजीमा लागेको प्रहरीले  भारतमा मिर्गौला ट्रान्स्प्लान्टका लागि पूर्वतयारी गर्दैगर्दा खड्काको उद्दार गरेको थियो ।

उद्दारपछि शुरु गरिएको थप अनुसन्धानका क्रममा पक्राउमा परेका पुर्व हवल्दार गुरुङले आफ्नी दिदी मिर्गौला पीडित भएको र उनको लागि आबस्यक मिर्गौला झिक्न खड्कालाई भारत पुर्याइएको प्रहरीमा बयान दिएका छन्। तर, उनकी दिदीको दुवै मिर्गौला फेल भएर पहिल्यै ट्रान्स्प्लान्ट गरिसकिएको कागज अनुसन्धान अधिकृतले भेटेका छन् । त्यसकारण गुरुङको बयानमा विश्वास गरिहाल्ने आधार भेटिँदैन ।

यो समूहले पहिले पनि यसरी मिर्गौला तस्करी गरिसकेको हुनसक्ने प्रहरीको आशंका छ ।  समाचारस्रोत अनलाइनखबर डट कम


(२०७६ श्रावण १८, शनिबार) ०५:२७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro