पोखराबाट पत्रकार साउद पक्राउ

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ श्रावण १८, शनिबार) ०४:१३

ई-झझल्को डट कमका सहसम्पादक राजन साउद पोखराबाट पक्राउ परेका छन्।  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल जिल्ला संगठन समिति सदस्य कास्कीका सदस्य समेत रहेका साउदलाई प्रहरीले शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसबाट पक्राउ गरेको हो।  उनी करीब एक वर्षदेखि पोखरामा रहेर पत्रकारिता गरिरहेका छन्।

यसैबीच, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा कास्कीका जिल्ला संयोजक रमाकान्त बास्तोलाले शुक्रबार नै एक प्रेस विज्ञप्ति निकाली जनपत्रकार संगठन कास्कीका सदस्य राजन साउँदलाई पोखराको पृथ्वी नारायण क्याम्पसबाट विना कारण प्रहरीले गिरफ्तार गरेकोमा  घोर आपत्ति जनाउदै रिहा गर्न माग गरेका छन् ।

यसभन्दा करीब दुई महिना अघि जेठको अन्तिम साता पत्रकार राजकुमार घिमिरे पनि पोखराबाट पक्राउ परेका थिए।  संचार केन्द्र डट कमका पोखरा सम्बाददाता घिमिरेलाई प्रहरीले केही घण्टापछी रिहा गरेको थियो।


(२०७६ श्रावण १८, शनिबार) ०४:१३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro