नेपाली किसान र सरकारी दृष्टि

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७६ श्रावण १७, शुक्रबार) ०९:३१

कृषि प्रधान देश भनेर चिनीने नेपाल अझै कृषीमा आत्मनिर्भर हुन सकेको छैन । नेपाली किसानहरुले आफ्नो उत्पादनको बजार नपाउँदा कृषि उत्पादनमा निरूत्साहित हुँदै ब्यवसाय खस्कीदै गएको पाहिएको छ ।नेपालमा उत्पादन हुने तरकाली देखी दुग्धजन्य पदार्थ, सम्म सही खपत नहुँदा र त्यसको उचित मूल्य नपाउँदा अवस्था चिन्ताजनक भएको छ । जसका कारण किसान, ब्यापारी र उपभोक्ता चर्को मारमा परेको देखिन्छ । जसमध्य दूधको बारेमा मैले केही देखेका/ भोगेका धारणाहरु प्रस्टाउन मन लाग्यो ।

साना तथा मझौला किसानहरुले आफ्नो उत्पादनमा गरेका लगानी समेत उठाउन मुश्किल परेको छ कारण हो बजारमा उचित मूल्य नपाउनु । बाहिरबाट निर्यात गरिएका दूध र यहाँ उत्पादन हुने दुधको मूल्य समानान्तर हुन नसक्दा यहाँका किसान, ब्यवसायि आफ्नो पेशा छोडेर कता भागूँ भागूँ भएका छन् यदी यही अवस्था हो भने अबको पाँच बर्षमा दुग्ध उत्पादन क्रमिक घटने देखिन्छ

अहिले बजारमा दूधको माग अनुसार उत्पादन छैन यसको प्रमुख कारण हो मुल्यमा ह्रास र अधिक सरकारी कर ! दुग्ध ब्यवसायि, किसानहरु चर्को मूल्यबृद्धिको मारमा छन् मूल्यबृद्धि सँगै उनीहरु आफ्नो ब्यवसायको चर्को करमा समेत परेका छन् । साना तथा मझौला किसानहरुले आफ्नो उत्पादनमा गरेका लगानी समेत उठाउन मुश्किल परेको छ कारण हो बजारमा उचित मूल्य नपाउनु । बाहिरबाट निर्यात गरिएका दूध र यहाँ उत्पादन हुने दुधको मूल्य समानान्तर हुन नसक्दा यहाँका किसान, ब्यवसायि आफ्नो पेशा छोडेर कता भागूँ भागूँ भएका छन् यदी यही अवस्था हो भने अबको पाँच बर्षमा दुग्ध उत्पादन क्रमिक घटने देखिन्छ । र बिदेश छोडेर नेपालमैं केही गरु भनी किसानी गरेका युवाहरु पुनः बिदेश पलायन हुन थाल्ने पक्का छ ।त्यसैले यसतर्फ सरकारले नेपाली किसानहरुलाई प्रोत्साहित पार्न उचित कदम चाल्न जरूरी देखिन्छ ।

किसानहरु गाई भैंसी पाल्न मानसिक रूपले हार खाइसके

यसै रुपमा अहिले गाई /भैंसीको मूल्य आकासीएको छ । पर गाई/ भैसी १लाख देखी २ लाख सम्म नेपाली बजारमा बिक्री भएको पाहिन्छ । यस हिसाबमा उसले उत्पादन दिने समय र कुल उत्पादन र मूल्यको हिसाब गर्दा एक भैंसी खरीद गर्दा लागेको मूल्य उक्त भैंसीले दिने पहिलो बेतको समय सीमाभित्र तिरेर सकिदैन भने किसानको परीश्रमको त कुरै छोडौँ । त्यसैले गर्दा किसानाहरु नेपाली बजार र दुधमा भएको कम मूल्यका कारण गाई भैंसी पालन गर्न मानसिक रूपले हार खाइसके ।

उपभोत्ताहरु ठगिएका छन् ।

यस्तै झनै महत्वपूर्ण कुरा के छ भने बजारमा खुद्रा गर्ने ब्यवसायि र उपभोत्ता ठगिएका छन् । किसानहरुले उचित मूल्य नपाउँदा उनीहरुले दूधमा मिसावट गर्न थालेको पाहिन्छ । बजारमा ९५% भैसिको दूध भन्दै गाईको दूध मिसिएको, पानी र चिनि घोलिएको दूध बिक्री हुन्छन् । यसले उपभोत्ताको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । तरकारीमा विषादी मिसावट भएजस्तै दूध जन्य पदार्थहरुमा पनि मिसावट हुँदा बजार नराम्रो सँग खस्कीदै गएको अनुभूति प्रष्ट गर्न सकिन्छ । यसको कारण सरकारको कमजोर अनुगमन र अनुचित कार्यशैली नै यसको मुख्य जड़ हो । यसमा बेलैमा सरकारको ध्यान जानू जरूरत देखिन्छ ।

किसान मालिक हुनुपर्नेमा उनीहरु मजदूर भएका छन्

बजारमा चर्को मूल्यबृद्धि सँगै सरकारी चर्को करले गर्दा र आफ्नो उचित मूल्य नहुँदा किसान मालिक हुनुपर्नेमा उनीहरु मजदूर भएका छन् । आफ्नो सम्पूर्ण परिश्रम र उत्पादन कर स्वरूप सरकारलाई बुझाएर किसान आफु नाङ्गो भएको अवस्था अहिलेको अवस्थामा छ । किसानाहरु दिन रात खटिएर काम गर्दा पनि हात लाग्यो शून्य हुनु निकै बिडम्बनाको कुरा हो । झन यसको ठुलो मार त आफ्नै पूंजी लगानी गरेर केही गाई भैंसी पालेका किसानहरु भएको देखिन्छ । प्रतिस्पर्धात्मक बजारमा ठुला माछाले भूरा माछा खाए जस्तो उनीहरु बिलिन हुँदै गएका छन् भने बैंक देखी सानो रकम ऋण लिएर ब्यवसाय थालेका किसानाहरु बैकको ऋण तिर्न समेत नसकेर आफ्नो घर जग्गा लीलाम हुने अवस्थामा समेत रहेका छन् । उनीहरु सड़कको बॉसमा झर्न थालेका छन् । यस्तो अवस्थामा अबको केहि बर्षमा किसान पुरै नाङ्गो हुने अवस्था छ । ठुला ब्यावासायीहरु समेत उस्तै मारमा छन् । साना किसानको संरक्षण नहुँदा ठुला किसानाहरु समेत संरक्षित हुन कठिन परेको छ ।

कृषि तथा पशुपालनमा दिने अनुदान ठुला र आसेपासेलाई मात्र ठिक्क भएको छ

यस्तो अवस्थामा सरकारले कृषि तथा पशुपालनमा दिने अनुदान ठुला र आसेपासेलाई मात्र ठिक्क भएको छ र त्यिनै आफ्नो लगानी लगाएर उत्पादन गर्ने किसानहरु यस्तै सरकारका आसेपासे बिना लगानी अनुदान लुट्यौनेहरुले गर्दा दिन प्रतिदिन ब्यवसाय बाट च्युत हुनुपरेको छ भने उचित मूल्य निर्धारण हुन सकेको छैन । सरकारले साना किसानलाई त्यही अनुरूपको लगानी गर्ने बातावरण सृजना गरोस र अबको केही बर्षमा नेपाली किसान निरूत्साहित हैन उत्साहित होउन । नेपाल कृषि प्रधान देश भनेर संसारले चिनोस ।


(२०७६ श्रावण १७, शुक्रबार) ०९:३१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro