ज्यान जोगाउन पार्टी छाडेका बिबस पनि पक्राउ (हेर्नुस बिज्ञप्ति)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १४, मंगलवार) २०:५०

सरकार बिप्लव  नेतृत्वको ने.क.पा.का नेता तथा कार्यकर्तालाई पक्राउ गरेर प्रहरी हिरासतमा पठाउने र त्यही हिरासतमा नै विभिन्न प्रलोभनहरु देखाएर आत्मसमर्पण गराउने अनि सत्तारुढ नेकपामा प्रवेश गराउने अभियानमा लागेको छ।

यदि कोही कसैले सरकारी प्रस्ताब नमानेमा जेल पठाउने रणनीति सरकारले अपनाएको छ।  त्यति मात्र हैन, सरकारी दमन बढिरहेको देखेर हतोत्साहित भै ज्यान जोगाउन पार्टी छाडेर स्वतन्त्र जीवन बिताई बसेका ने.क.पा.का तात्कालीन नेता तथा कार्यकर्ताहरुलाई पनि सरकार पक्राउ गर्ने अभियानमा लागेको छ।

यसै क्रममा प्रहरीद्वारा गिरफ्तारीमा परि लामो समय जेल जीवन बिताएर रिहा भएका ने.क.पा.को तात्कालीन सहायक संगठन योङ्ग रेड फोर्सका तात्कालीन अध्यक्ष बाबुराम राई ‘विवस’लाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ । राईसँगै पूर्व विद्यार्थी नेता सफल अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आज फेरी पक्राउ परेका बिबसले गएको असार २७ गते एक प्रेस बिज्ञप्ति जारी गरेर आफुले पार्टी छाडी स्वतन्त्र रहेको सार्वजनिक गरेका थिए।

हेर्नुस उनले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै


(२०७६ श्रावण १४, मंगलवार) २०:५० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro