आफ्ना कार्यकर्तालाई अस्थायी जागीर खुवाउन ३८ अस्थायी कर्मचारीहरुको जागीर खोसुवा, सफल कृषि प्राविधिकहरुको पनि जागीर चट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १४, मंगलवार) १६:४३

आफ्ना कार्यकर्ता भर्ना गर्न गण्डकी प्रदेश सरकार अन्तरगत रहेको भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ३८ जना अस्थायी कर्मचारीको जागिर खोसेको छ। प्रदेश सरकारले नै गत वर्ष नियुक्त गरेका ३८ जना अस्थायी कर्मचारीको जागीर खोसेर त्यही अस्थायी कर्मचारीका लागि कृषि मन्त्रालयले विज्ञापन आह्वान गरेको छ।

प्रदेश मन्त्री परिषदको स्वीकृतिमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षदेखि संचालन गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगतका ३८ जना अस्थायी कर्मचारीको लागि नया आवेदन मागिएपछि हाल काम गरिरहेका कर्मचारीहरुको जागीर गएको छ।

गत वर्ष पाँच सय ९६ जनाबाट तिनै ३८ जना योग्य ठहरिएर गत वर्ष अस्थायी कर्मचारी भएका थिए। प्रदेशको ३६ निर्वाचिन क्षेत्रमा भइरहेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कार्यक्रममा लागि अघिल्लो वर्ष नियुक्त भएका ३६ जना कृषि प्राविधिक, कम्प्यूटर अपरेटर र तथ्यांक अधिकृत एक-एकजनाले गत वर्ष अस्थायी जागिर खाएका थिए।  तर नया नियुक्ति प्रक्रिया शुरु भएसंगे उनीहरुको जागीर गएको छ।

त्यति मात्र हैन, अघिल्लो आर्थिक वर्षमा मन्त्रालयको सबैभन्दा सफल कार्यक्रममा खटिएका कृषि प्राविधिकहरुको पनि जागीर खोसिएको छ । हटाइएका कर्मचारीहरुले साउन महिना १ गते देखि झण्डै आधा महिना काम गरेपनि तलबसमेत नपाउने भएका छन्।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालनको लागि आर्थिक वर्ष २०७५/०७६ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिन मन्त्री परिषदमा प्रस्ताव पेश गरेको थियो।  मन्त्री परिषदले अर्थमन्त्रालयको सहमति लिएर थप परिपार्जन गर्न परे परिमार्जन गर्ने अधिकार सहित सामाजिक तथा पुर्वाधार समितिमा पठाएको थियो। समितिले उक्त कार्यक्रमको दरबन्दीलाई नै निरन्तरता दिएर अघिल्लो वर्ष नियुक्त गरेका कर्मचारीलाई भने हटाएर नयाँ कर्मचारी भर्ना गर्न लागेको हो। कार्यक्रममा खटिने कर्मचारीको दरबन्दी पनि स्वीकृत गरिएको छ।नया कर्मचारीहरु लोकसेवा आयोगको सिस्मटमबाट भर्ना गरिने कृषि मन्त्री लेखबहादुर थापाले दाबी गरे । ‘सोमबारको पत्रिकामा विज्ञापन निस्केको छ,’ उनले भने, ‘लोकसेवाको विधी, ढाँचा जे हुन्छ त्यही अनुसार कर्मचारी आउँछन्।’ लोकसेवाको विधिमा परिक्षा हुने बताए पनि परीक्षा मन्त्रालय आफैंले लिने तयारी गरेको छ। आगामी भदौ महिना भित्र कर्मचारी नियुक्त गरेर फिल्डमा खटाउने गरी काम भइरहेको छ।


(२०७६ श्रावण १४, मंगलवार) १६:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro