गरीब, असहायको नाममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्तारुढ नेकपाको चलखेल , बिबाद अख्तियारसम्म

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १३, सोमबार) १६:४२

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालनका विषयलाई लिएर विवाद शुरु भएको छ । निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी समेत परेको छ ।

सामाजिक सेवा ईकाई सञ्चालनका लागि अस्पतालले गत असार २३ गते सार्वजनिक सूचना जारी गरेको थियो । जसमा ४ वटा गैरसरकारी संस्थाले निवेदन दिएका थिए । सामान्यत: अस्पतालभित्र सामाजिक सेवा ईकाई सञ्चालन गर्ने संस्था छनौट गर्ने अधिकार अस्पतालका निर्देशकको रहेको हुन्छ।  तर अस्पताल व्यवस्थापन समितिलाई लत्याएर डिनको संयोजकत्वमा बनाईएको यो समिति नै शंकास्पद भएपछि आर्थिक चलखेल भएको हुनसक्ने आशंका गरिएको छ।  अस्पताल व्यवस्थापन समितिलाई लत्याउँदै बनाईएको मूल्यांकन समितिको संयोजकमा डा. नरेन्द्रबिक्रम गुरुङ, सदस्य सचिवमा निर्देशक अर्जुन आचार्य, लेखा प्रमुख ईन्द्र पौडेल, प्रशासन प्रमुख नारायण आचार्य र सामाजिक सेवा ईकाईका प्रमुख भीम पौडेल रहेका छन् ।

मूल्यांकन समितिको संयोजकमा डा. नरेन्द्रबिक्रम गुरुङको समितिली मागेको आवेदन बमोजिम अस्पतालको सामाजिक सेवा ईकाई सञ्चालनको लागि असल छिमेकी सहयोगी संस्था (गोनेसा), कोपिला नेपाल, कम्युनिटी सपोर्ट ग्रुप र टिम लिडर लोकल अर्गनाइजेशन (टोली)ले ले आबेदन दिएका थिए।

आबेदन दिएका चार वटै संस्थाको योग्यता देखिएपछि योग्य संस्था छनौट गर्ने क्रममा निर्देशिका वमोजिमका उनीहरुको कमीकमजोरीहरु खोजिएको थियो।  तर  निर्देशिका विपरित अस्पतालमा नै कार्यरत कर्मचारीहरु रहेको गैरसरकारी संस्था असल छिमेकी सहयोगी संस्था (गोनेसा)लाई नै जिम्मा दिने गरी बैठकले टिप्पणी उठाएको बताइएको छ।  यसरी निर्देशिका विपरीत रहेको गोनेसालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालन गर्न अनुमति दिने भनी बैठकले टिप्पणी उठेपछि आर्थिक चलखेल शुरु भएको अड्कल गरिएको छ। यसैबीचमा यस बारेमा आबस्यक छानबिन गरिदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ।

प्राप्त जानकारी अनुसार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत निरमाया गुरुङ असल छिमेकी सहयोगी संस्था (गोनेसा)की कोशाध्यक्ष हुन्।  त्यति मात्र हैन, यसरी छनौट हुने संस्था गैरनाफामुलक सामाजिक संस्था हुनुपर्ने बताइएको छ।  तर असल छिमेकी सहयोगी संस्था (गोनेसा)ले असल छिमेकी बचत तथा ऋण सहकारी संस्था नामको नाफामुलक संस्था  छ।

गैरसरकारी सरकारी संस्था महासंघको केन्द्रिय महासचिब समेत रहेका गोनेसाका महासचिब राम सुबेदीले असल छिमेकी बचत तथा ऋण सहकारी संस्थालाई गोनेसाले स्थापना गरेको स्वीकार गरेपनि अहिले त्यो संस्था एक स्वायत्त संस्था रहेको दाबी गरे।  पोखरा महानगरपालिका वडा नम्बर १७ पार्दीस्थित गोनेसा भवनमै कार्यालय रहेको असल छिमेकी बचत तथा ऋण सहकारी संस्थामा गोनेसा संलग्न मानिसहरुको शेयर सदस्यता रहेको उनले जानकारी दिए।  अद्यापि उनले सो संस्थाको कार्यकारी पदमा गोनेसाका पदाधिकारीहरुको कुनै संलग्नता नरहेको स्पस्ट पारे। महासचिब सुबेदीले आफ्नो संस्थालाई  त्यस अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालनको जिम्मा पाएमा गोनेसाको कोशाध्यक्ष पदमा रहेकी निरमाया गुरुङले राजिनामा दिने बताए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले मूल्याँकन समितिले निर्णय ल्याउन नै बाँकी रहेकोले विवादित विषयहरुमा आफूले पनि अध्ययन गर्ने बताए । अहिले नै गोनेसालाई दिने भन्ने विषय कसरी बाहिरियो ? अख्तियारसम्म किन पुग्यो भन्ने विषयमा आफू पनि अनभिज्ञ रहेको उपकुलपति प्रा.डा. थापाको भनाई थियो ।

उपकुलपति प्रा.डा. थापाले गोनेसालाई आर्थिक चलखेल गरी सञ्चालनको जिम्मेवारी दिन लागिएको भन्ने आरोपको खण्डन गर्दै त्यस्तो भएको भेटेमा जो कोहीलाई पनि कारवाही गर्ने बताए । यस विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा डिन डा.नरेन्द्रबिक्रम गुरुङले निर्देशिका अनुसार नै गोनेसालार्ई जिम्मेवारी दिने तयारी भईरहेको स्वीकार गरे ।

यस विषयमा जिज्ञासा राख्दा अस्पतालका निर्देशक अर्जुन आचार्यले केही असहमतीहरु भएको प्रष्ट पारे ।  यस विषयमा मूल्यांकन समितिमा आफूले पूर्ण असहमती जनाएको पनि निर्देशक आचार्यले बताए ।

मूल्यांकन समितिका सदस्य तथा अस्पतालका लेखा प्रमुख इन्द्र पौडेलले गोनेसालाई नै जिम्मेवारी दिने तयारी गरिएको तर आर्थिक चलखेल भने नभएको बताए ।

प्राप्त पछिल्लो जानकारी अनुसार, यदि गोनेसाले त्यस अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन अनुमति नपाएको अबस्थामा बाँकी तीन वटा संस्थाले त्यो जिम्मेवारी पाउन सक्छन भन्ने बारेमा पनि चर्चा शुरु हुन थालेको छ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिएको बाँकी तीन संस्था मध्ये अर्को संस्था हो कोपिला नेपाल।  कोपिला नेपालले अहिले पनि सोही अस्पतालमा सामाजिक सेवा ईकाईमार्फत मासिक करीब एक लाख रुपिया बराबरको खर्च मानसिक रोगीहरुलाई खर्च गरिरहेको छ भने लागु औषध दुर्व्यसनीहरुको क्षेत्रमा काम गरिरहेको कम्युनिटी सपोर्ट ग्रुपले अहिले पनि सोही अस्पतालमा लागु औषध दुर्व्यसनीहरुको जनचेतना अभिवृद्धि, एच.आई.भि. संक्रमितहरुलाई परामर्श दिने काम गरिरहेको छ। अर्को आवेदक संस्था टिम लिडर लोकल अर्गनाइजेशन (टोली)सग स्वास्थ्य क्षेत्रमा खासै अनुभव नरहेको बताइएको छ।

अस्पतालभित्र एउटा सामाजिक सेवा इकाई संचालन गर्न किन यस्तो मारामारी चलिरहेको छ भन्ने बारेमा सबैलाई चासो हुन सक्छ।  अस्पताल मातहत रहने यस इकाइमा १० जना विभिन्न तहका १० जना कर्मचारीहरु रहने छन्।  ती दश जना कर्मचारीहरु मध्ये आठ जना पुरानै कर्मचारी राखिनेछन भने बाँकी दुई जना छनौट भएको संस्थाले चयन गर्न पाउनेछ।  कुरो यति दुई कर्मचारी छनौटमा मात्र सिमित छैन।  त्यस अस्पतालले गरीब, असहायको नाममा उपलब्ध हुने नि:शुल्क उपचार त्यसै सामाजिक सेवा इकाईको सिफारिशमा हुने गर्दछ।  यदि त्यो इकाइ संचालन गर्ने संस्था आफुले छनौट गर्न पाएमा गरीब र असहायको नाममा वितरण हुने औषधि तथा ठुलो रकम कब्जा गर्न सकिने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान कब्जा गरि बसेका सत्तारुढ नेकपा समर्थित व्यक्तिहरुको रहेको छ।  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले छनौट गर्न लागेको गोनेसामा सत्तारुढ नेकपाका समर्थकहरु रहेको आरोप लाग्ने गरेको छ।

यसभन्दा अघि सो अस्पतालमा सामाजिक सेवा इकाई संचालन गरिरहेको आईएनएफ नामको गैरसरकारी संस्थाकी एक कर्मचारीले गरेको बिरामीमाथिको अभद्र व्यवहारका कारण आफ्नो कामलाई निरन्तरता दिन सकेको थिएन।

 


(२०७६ श्रावण १३, सोमबार) १६:४२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro