उर्जामन्त्री पुनको जिल्लामा बनेको २७ लाखको पुलको फोटो भाइरल : अनियमितता नभएको गापा प्रमुख खड्काको दाबी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १३, सोमबार) १४:५५

केही दिन यता उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा बनेको एउटा काठे पुल सामाजिक सञ्जालमा निकै चर्चामा छ र भाइरल पनि बनिरहेको छ पनि ।

जिल्लाको पूर्वी क्षेत्र बडाचौर र पाङ जोड्ने यो पुल चिटिक्क देखिन्छ । सोच्न सकिन्छ, यो पुल सामान्य जनश्रमदान र कमै रकममा बनाउन सकिन्छ र बन्छन् । तर यसको हल्ला भने अचम्मको छ । पुल २७ लाखमा बनेको भन्ने चर्चा संगै यतिबेला आलोचना पनि सुरु भएको छ । सामाजिक सञ्जालमा मन्त्रीकै जिल्लामा ३६ लाखको पुल यस्तो भन्छ, भन्दै टिका–टिप्पणी  सुरु भएको छ ।

लुङग्री गाउपालिका
लुङग्री गाउपालिका

 

यदि उर्जामन्त्री बर्षमान पुनकै जिल्लामा २७ लाखमा यस्तो पुल बन्छ भने अन्य ठाउँहरुको अबस्था के होला – यो धेरैलाई चासोको बिषय बनेको छ । चारैतिर भ्रष्टाचारको कुरा उठिरहेको बेलामा, बडाचौर र पाङ जोड्ने पुलले मजाक गरिरहेको छ ।

लुङग्री गाउपालिकाका अध्यक्ष दुर्गा बहादुर खड्का पुलको बिषयमा यथार्थ नबुझेर मान्छेहरुले हल्ला फैलाएको बताउञ्छन । अध्यक्ष खड्काका अनुसार, प्रदेश सरकारको २० लाख बजेट र अपुग बजेट  गाउ कार्यपालिकाको बैठक बसेर गाउपलिकाको बजेट बाट ७ लाख थप गरेर २७ लाखमा पुल निर्माण भएको हो ।  उनको दाबी छ. ” काम भएकै हो गाउपलिकाले अनुगमन गरेका हौ । तपाइहरु पनि त्यहा गएर हेर्न सक्नु हुन्छ पुलमा अनियमितता भएको छैन। ”

 


(२०७६ श्रावण १३, सोमबार) १४:५५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro