ने.क.पा. कास्कीलाई फेरी अर्को झड्का, नयाँ जिल्ला सेक्रेटरी सुजन कार्यक्षेत्र आए लगत्तै गिरफ्तार

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ श्रावण १२, आईतवार) ०६:५७

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ।  हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक”सुजन”ले राम्रोसंग जिम्मेवारी लिन नपाउंदै शनिबार दिउँसो पोखराबाट गिरफ्तार भएका छन्।

नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ तिर पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ ।

पार्टी कामको शिलशिलामा रहेका उनलाई गिरफ्तार गरेको ने.क.पा.स्रोतले जानकारी दिएको छ।  तर प्रहरीले यस बारेमा केही बताएको छैन । यस अघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।

यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।

यसैबीच सरकारले नेकपामाथिको धरपकड व्यापक बनाएको छ । शुक्रबार मात्रै पनि नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ । दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ । यस्तै नेकपाका सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लेकवेशी–५ नेटा निवासी शाहीलाई घरबाट दशरथपुर जानेक्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।


(२०७६ श्रावण १२, आईतवार) ०६:५७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro