अभिनेत्री साम्राज्ञी शाहको गाडीमा चुम्बन गरिरहेको तस्बीर भाइरल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ९, बिहीबार) २०:४८

अभिनेत्री साम्राज्ञी शाहको फेरी अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो ।

फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् । तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन् ।

एक पछि अर्को तस्बिर सार्वजनिक हुँदै जाने र त्यसले निकै चर्चा पाएपछि रिसाएकी साम्राज्ञीले सामाजिक सञ्जाल मार्फत प्रतिकृया पनि जनाएकी छन् । आफुलाई नकारात्मक कमेन्ट गर्नेहरुलाई उनले त्यस्ता कमेन्टले आफुलाई केही असर नगर्ने संकेत गर्दै प्रतिकृया दिएकी छन् ।

प्रेमीसंगको अन्तरंग तस्बिर बाहिरिएपछि आलोचित बनेकी साम्राज्ञीले त्यसको जवाफ स्वरुप प्रतिकृया दिएकी हुन् । उनले लेखेकी छन् हात्ति चले बजार, कुत्ता भुके हजार ।

नकारात्मक प्रतिकृया दिनेलाई साम्राज्ञीले कुकुरको संज्ञा दिँदै प्रतिकृया लेखिन् र अर्काविकिनी तस्विर सार्वजनिक गरिन् । अहिले भने फेरी उनको नयाँ तस्बिर बाहिरिएको छ । जसमा कारभित्रै प्रेमीसंग रोमान्स गरेको देख्न सकिन्छ ।

साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनले यो समयमा खुलेर रोमान्स गरिरहेकी छिन् । उनको रोमान्समा ब्यायफ्रेन्ड देवांश राणाले साथ दिइरहेका छन् ।

साम्राज्ञीलाई समुद्री तटमा आफ्ना ब्यायफ्रेन्ड देवांशले शरीरका विभिन्न भागमा चुम्बन गरेका तस्वीर सार्वजनिक भए । ती तस्वीर शेयर भएपछि साम्राज्ञीको सामाजिक सञ्जालमा खुबै विरोध गरियो । सबैतिर  विरोध भए पनि साम्राज्ञीले पनि एकपछि अर्को गर्दै तस्वीरहरु शेयर गरिरहेकी छिन् । उसलाई कतिपयले चर्चामा आउने दाउका रुपमा बुझेका छन् भने कतिले यसलाई प्रेमीको नियोजित कार्य भनेका छन् ।

करिअरले गति लिएका बेला साम्राज्ञीलाई व्यक्तिगत कारणले भने चर्चामा ल्याएको छ । अहिले त यो विवादलाई साम्राज्ञीले सजिलै इग्नोर गरिदिएकी छिन् । तर, भोलिका दिनमा व्यक्तिगत विवादले उनको करिअरलाई नै असर पार्ने हो भन्ने भय छ ।

साम्राज्ञी

(२०७६ श्रावण ९, बिहीबार) २०:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro