जनप्रतिनिधि र प्रशासनका कर्मचारीको मिलेमतोमा कास्कीबाट दुई तिब्बेतियन युवतीलाई नेपाली नागरिकता दिएको खुलासा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ९, बिहीबार) १४:१५

उत्तम पौडेल/राजेन्द्र अधिकारी, पोखरा। 

स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारीहरुको मिलेमतोमा दुई जना तिब्बेतियन युवतीलाई नागरिकता दिएको खुलासा भएको छ।

पोखरा महानगरपालिका वडा नं १८  कार्यालयले बनाएको सिफारिशका आधारमा वडा १८ निवासी लेखबहादुर थापालाई बाबु करार गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले दुई जना तिब्बेतियन युवतीलाई नागरिकता दिएको खुलासा भएको हो ।

१८ नम्बर वडा कार्यालयको सिफारिशमा सोही वडा निवासी लेखबहादुर थापालाई बाबु करार गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६–०२–२६ मा सरु थापामगरको नाममा २०३९ नम्बरको र तासी आङ्गो थापा मगरको नाममा २०७६–०३–०६ मा ०१६३३ नम्बरको दुइवटा नागरिकता जारी गरेको छ ।

दुई पताक्सम्मको असफलता पछी लेखबहादुर थापाले उनीहरुलाई तेस्रो पटकमा स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय कास्कीका कर्मचारीहरुको मिलेमतोमा नागरिकता निकाल्न सफल भएको समाचारस्रोतको दाबी छ।  ती दुई जनाको नेपाली नागरिकता निकाल्न ठुलो रकम चलखेल भएको दाबी गरिएको छ।

तिब्बतियन मुलका सरु थापामगर र तासी आङ्गो थापा मगरले  आफ्ना बाबुले छोरी बनाएर नागरिकता दिलाए पनि उनीहरु आफ्नो बाबुका छोरीहरु नभएको थापाका छोरा कमल थापामगरले स्वीकार गरेका छन ।

यता लेखबहादुर थापा आफ्ना ५ वटा छोरी भएको जिकिर गरिरहेका छन । तर उनले आफ्ना ५ छोरीहरुको नाम पनि भन्न सक्दैनन । उनले ५ छोरीहरु मध्ये २ छोरीहरुको बिवाह भइसकेको र बाँकी ३ मध्ये १ छोरीको मगनी भएको र २ छोरीहरु पढ्दै गरेको बताएर पन्छिन खोजे ।

स्थानीयका अनुसार लेखबहादुरकोे ३ छोरा र ३ छोरी रहेका छन । ३ छोरी मध्ये २ छोरीको धेरै अगाडी बिवाह भएको स्थानीयको भनाइ छ । उनको कान्छी छोरीको नाम मुना हो ।

एक स्थानीयले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा यसबारे वडाध्यक्ष थापालाई पहिल्यै जानकारी भएको दाबी गरे । उनले भने, ‘यो नागरिकता निकाल्दा वडा अध्यक्षलाई पनि अगाडी नै थाहा भएको र वडा अध्यक्ष रणबहादुर थापा , लेखबहादुर थापा र अन्य केही ब्यक्तिको मिलेमतो र सेटिङमा निकालिएको हो ।’ उनले लेखबहादुर थापा मगरका कान्छा छोरा विकासले यो बिषय बाहिर नल्याइदिन आग्रह गरेको जनाए । साथै, उनले ती २ जनालाई भान्जी भएकोसम्म भन्न भ्याएको उल्लेख गरे ।

यस विषयमा वडाध्यक्ष थापाले बाबुआमाले छोरी भन्दै निवेदन दिएपछि सिफारिश गरिदिएको बताए । थापाले भने, उनका छोरीहरु यही पढेका हुन्, लेखबहादुर यहाँको पुरानो वासिन्दा हुन् ।’ यद्यपि, कुराकानीकै क्रममा वडाध्यक्ष थापाले सबै वडाबासीलाई चिन्न नसकिने भन्दै उनका ती २ छोरीलाई पनि हालसम्म नदेखेको बताए  ।


(२०७६ श्रावण ९, बिहीबार) १४:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro