बिप्लबका उपत्यका इन्चार्ज माइला लामा नख्खु कारागार चलान

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ श्रावण ७, मंगलवार) २०:४५

नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई नख्खु कारागार चलान गरिएको छ । मंगलबार जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो ।
शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ । सोही मुद्दामा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि नख्खु कारागारमै बन्दी बनाइएका छन् ।
यता मंगलबार नै नेकपाका महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन् ।


(२०७६ श्रावण ७, मंगलवार) २०:४५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro