जीम पश्चात यस्तो देखिईन केकी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ४, शनिबार) ०४:४९

टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट टेलिभिजनमा पनि आउदै गरेकी केकी दिपक राज गिरीको आगामी चलचित्र ‘छ भने छपक्कै’ मार्फत दर्शक माझ आउदै छिन ।

आफ्नो शरीरको तल्लो भाग बढी मोटो भएको केकी बताउछिन । फिटनेसले आफ्नो स्वास्थ्य त राम्रो राख्छ नै सुन्दरता पनि बढाउने अभिनेत्री केकी अधिकारीको बुझाई छ ।

सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्।

सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई ( ‘जुम्बा र योग आलोपालो गर्छु’) आफ्नो फिटनेस रहस्य बताएकी छिन्।

छरितो ज्यानका लागि जिम

थोरै मात्र हेलचेक्य्राइँ गर्‍यो भने त्यसको असर देखिहाल्ने खालको जीउ छ, मेरो। त्यसमाथि मेरो शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो छ। यिनै कुरालाई सन्तुलनमा ल्याउन जिम जाने गरेकी छु। सुटिङमा हाम्रो फिजिकल मुभमेन्ट धेरै हुन्छ। गीत, फाइट कति कुरामा शरीर छरितो बनाउनुपर्ने हुन्छ। शरीर फिट र फ्लेक्जिबल बनाउन पनि जिम जाने गरेकी छु।

जुम्बा र योग आलोपालो

जिम जान थालेको छ वर्षजति भयो। काठमाडौँ, महाराजगञ्जको ‘निरामय फिटनेस सेन्टर’मा सुरुदेखि अहिलेसम्म नियमित जाने गरेकी छु। त्यहाँ जिम मात्र होइन, जुम्बा र योग पनि गर्न पाइन्छ। मैले योग र जुम्बा आलोपालो गरी गर्ने गरेकी छु। हप्ताको तीन दिन जुम्बा गरेँ भने बाँकी तीन दिन योग गर्छु।

सुटिङ छैन र बिहान अरू काम छैन भने जिममा कम्तीमा दुई घण्टा बिताउँछु। जिम गइसकेपछि कार्डियो गरेसँग मेरो जिम सुरु हुन्छ। २० मिनेटदेखि आधा घण्टासम्म कार्डियो गर्छु। त्यसपछि १५–२० मिनेट वेट लिफ्टिङ गर्छु।

केही बेर आराम गरेर जुम्बा वा योग जे गर्ने हो, त्यो गर्छु। जुम्बामा त बजेको गीतमा झ्याम–झ्याम नाचिन्छ। तर, योग गर्दा चाहिँ अनुलोम–विलोम र कपालभाँती गर्छु। सुटिङ परेको छ भने यही अभ्यास आधा घण्टामा सकाउँछु। तर, जिम जान चाहिँ छुटाउँदिनँ।]

अन्नपूर्णपोस्टका फोटो पत्रकार कुबेर डंगोलले खिचेका तस्विरहरु तल हेर्नुहोस :

केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी
केकी अधिकारी

(२०७६ श्रावण ४, शनिबार) ०४:४९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro