उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिविका पूर्व कर्मचारी पाण्डेद्वारा आत्महत्या

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण ३, शुक्रबार) १६:२०

कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्।

उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन्।

सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेका हुन्। महानगरीय प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक तनावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि तनावमै रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

उनले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए। पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए।

उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


(२०७६ श्रावण ३, शुक्रबार) १६:२० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro