सरकारी गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने ने.क.पा.को घोषणा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ श्रावण १, बुधबार) २१:३८

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी साउन ७ गतेदेखि सेतो नम्बर प्लेट भएका सम्पूर्ण  सरकारी गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका मध्य-पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले बुधबार एक प्रेस विज्ञप्ति निकालेर यस्तो घोषणा गरेका हुन् ।

पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध सेतो नम्बर प्लेट भएका सम्पूर्ण  सरकारी गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरिएको त्यस बिज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पार्टीको निर्णयका विरुद्ध कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने चेतावनी दिंदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई पार्टीको सोही निर्णय अनुसार अगाडी बढ्नसमेत वक्तव्य मार्फत् निर्देशन दिइएको छ ।

प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको सन्दर्भमा राजनीतिक लडाइँको मोर्चामा हारेको विरोधी सत्ताले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, वलात्कार, यातना तथा हत्यासम्म गरेर वार्ताको हल्ला चलाई थप दमनको तयारी गरिरहेको कुरा उल्लेख गर्दै सो बिज्ञप्तिमा पार्टीको कमाण्ड इन्चार्ज वीरजंगले अघि भनेका छन्, ‘यता जनताको गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने, उता कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । साथै कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले  हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ l “


(२०७६ श्रावण १, बुधबार) २१:३८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro