प्रहरी हवल्दारसहित तीन प्रहरीहरु लजबाट यौनकर्मी महिलासहित पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ३१, मंगलवार) २१:१८

अबैध यौन धन्दा चलाउने यौनकर्मी खोजी गर्न झापाका विभिन्न होटलमा छापा मार्न पुगेको प्रहरीले एकजना हवल्दारसहित तीन प्रहरीहरु लजमा यौनकर्मी महिलासंग रासलीला गरिरहेक्को अवस्थामा पक्राउ परेका छन् ।

झापा जिल्लाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजमा छापा मार्दा प्रहरी हवल्दार डम्बर थापासहित तीन प्रहरी यौनकर्मी महिलासहित रंगेहात पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयका अनारमनीका सवारी चालक प्रहरी हवल्दार डम्बर थापा र घुमुवा प्रहरीहरुको बिर्तामोडका यौन कार्य हुने होटलमा हिमचिम हुने गरेको अनुमान गरिएको थियो ।

कार्यालय प्रमुखसँगको नजिक हुनेमा होड्बाजीमा प्रहरीहरुले सूचना डिएसपीलाई उपलब्ध गराउने क्रममा प्रहरीकै सूचनामा हवल्दार थापा फसेको प्रहरी स्रोतको बुझाई छ ।

बिर्तामोडका केही होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलमा अनुगमन थालेको छ । इलाका प्रहरी कार्यालयका अनारमनीका डिएसपी मोहनकुमार थापाले हवल्दार थापा केटीसँग निस्कदै गरेको रिपोर्टिङ भएकोले उनलाई विभागीय कारवाही शुरु गरिएको जानकारी दिए ।

प्राप्त जानकारी अनुसार, प्रहरी हवल्दार डम्बर थापासमेतको टोली बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजमा यौनजन्य कार्य गरिरहेको अवस्थामा घुमुवा प्रहरी राम भुजेलसहित टोली होटलमा आइपुग्यो । उनीहरुको भेट भएपछि घुुमुवाको टोली फर्कियो र असई कपलेश्वेर स्वर्णकार नेतृत्वको मोबाइल गस्ती टोली त्यस लजमा पुगेको थियो ।

यसैबीच, बिर्तामोडकै नयाँ बसपार्कमा सञ्चालित एंग्रीब्वाई होटलका सञ्चालक राम तामाङलाई महिलालाई जबर्जस्ती गरेको आरोपमा मंगलवार पक्राउ गरिएको प्रहरीको भनाइ छ । तामाङले महिलालाई  यौनजन्य गतिविधिमा संलग्न हुन बाध्य पार्दै कुटपिट गरेको आरोप प्रहरीले लगाएको छ ।


(२०७६ असार ३१, मंगलवार) २१:१८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना