ने.क.पा. कास्कीका चार नेता फेरी अदालत परिसरबाट पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ३१, मंगलवार) ०५:२३

कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको उरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट फेरी  पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका ने.क.पा.का नेताहरुमा रोल्पा घर भै ने.क.पा. कास्कीका तात्कालिन सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ तथा  ने.क.पा. कास्कीका तात्कालिन सदस्यहरु  कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङ रहेका छन् ।

राजद्रोह मुद्दामा पक्राउपछि तनहुँ जिल्ला अदालतबाट सामान्य तारेखमा  रिहा भएलगत्तै उनीहरुलाई  प्रहरीले पक्रेको हो  । उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए  ।

बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका उनीहरूसहितको २० जनाको टोलीलाई कास्की प्रहरीले विभन्न मुद्दा चलाएकोमा अन्यलाई  सामान्य तारेखमा छाडेको थियो भने जिल्लास्तरका नेता आक्रोश, परिवर्तन, मिलन राई र काजी गुरुङलाई फेरी गिरफ्तार गरी मुद्दा चलाइएको थियो l त्यसपछि गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा उच्च अदालत पोखराले उनीहरुलाउ निर्दोष भन्दै रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशले रिहा भए पनि उनीहरुलाई प्रहरीले फेरी गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय तनहुँ लगेको थियो ।


(२०७६ असार ३१, मंगलवार) ०५:२३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro