बिप्लवलाई थकाउन खोज्ने सरकार थकित, वार्ताका लागि भन्दै सम्पर्कसुत्र धुनचक्रका साथ खोजी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ३०, सोमबार) १६:३८

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई  ब्यापक दमन गरेर थकित पारी वार्तामा ल्याउने रणनीति अपनाएको वर्तमान केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना र बिरोध हुन थालेपछि आफै थकित बनेको छ । चौतर्फी दबाबमा परेको थकित सरकार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता गर्नका लागि मरिहत्ते गरिरहेको छ ।  उसले विप्लवसंग वार्ता गर्नका लागि धुन्चक्र लगाएर सम्पर्क सुत्र खोजिरहेको छ र लगाई रहेको छ पनि ।

प्रधानमन्त्री केपी शर्मा ओली, (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई बिप्लवको सम्पर्क सुत्र खोज्न परिचालन गरिरहेका छन् ।

समाचारमा जनाइए अनुसार प्रधानमन्त्री ओलीले महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष पुष्पकमल  दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री राम बहादुर थापाले आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई जिम्मा दिएका छन् । तर विप्लव नेकपाका सम्पर्क सुत्रहरुले ती तीनवटै टोलीसँग सम्पर्क हुँदा ‘हत्या, दमन, धरपकड रोकेर पार्टीको प्रतिबन्ध फुकुवा गर्न, पक्राउ परेका कार्यकर्ताको नि:सर्त रिहाइ गर्न र वार्ताका लागि सरकारको आधिकारिक पत्र आउनुपर्ने तथा वार्ता प्राविधिक समाधानतिर भन्दा राजनीतिक समाधानतिर हुनुपर्ने पुर्वशर्त अघि सारेका छन्  ।

सरकारका तर्फबाट महासचिव पौडेल र सांसद पाण्डेको पहलमा कुनै पनि नेताहरु सम्पर्कमा आउन नचाहेपछि पौडेल नख्खु कारागारमा रहेका हेमन्तप्रकाश ओली ” सुदर्शन” लाई भेटन् पुगेका थिए । उनीहरुबीचको कुराकानीमा सुदर्शनले नेतृत्वकै अभिव्यक्ति दोहोर्याएपछि पौडेल फर्केका थिए । त्यति मात्र हैन, नेता सुदर्शनले आफुलाई भेट गर्न आउने इष्टमित्र,  परिवार, आफन्त र  नेता तथा कार्यकर्ताहरुको कडा निगरानी गरिएकाले वार्ताको पहल गर्न सहज नभएको जवाफ सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेललाई दिएका थिए ।  नेता सुदर्शनको गुनासो पछी सरकारले नेता सुदर्शनलाई भेट गर्न आउने इष्टमित्र,  परिवार, आफन्त र  नेता तथा कार्यकर्ताहरुको निगरानीमा केही खुकुलो पारेको छ भने आवस्यक पर्दा टेलिफोन सम्पर्क गर्न सक्ने सुबिधा पनि उपलव्ध गराएको सार्वजनिक समाचारहरुमा उल्लेख छ ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठकले ” सरकारले वार्ताका लागि बिश्वाशिलो वातावरणका लागि पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाई शान्तिपूर्ण तरीकाले जनतामाझ राजनीतिक गतिविधि गर्ने परिस्थितिको सृजना गर्नुपर्ने, गिरफ्तार नेता तथा कार्यकर्ताको बिना शर्त रिहाइ गर्नुपर्ने र वार्ताका लागि आधिकारिक पत्र लेखिनुपर्ने” निर्णय गरेको पनि समाचारहरु बाहिर आएका छन् ।

ने.क.पा.का केन्द्रीय सदस्य एबम वाम बुद्धिजीवी, लेखक गुणराज लोहनीले बिबिसी नेपाली संग हालै कुरा गर्दै पार्टीको स्थायी कमिटि समिति बैठकको निर्णयको आशय प्रस्ट हुने गरी वार्ताका लागि पुर्व शर्तहरु प्रस्तुत गरेका थिए । वार्ताका लागि रोइकराई गरिरहेको सरकारले ने.क.पा. का नेता कार्यकर्ता माथि गरिरहेको ब्यापक दमन, धरपकड र गैरन्यायिक हत्याको उनले चर्को रुपमा बिरोध गरेका थिए ।

वार्ताको कोकोहोलो मच्चाइरहेको सरकारले ने.क.पा.लाई प्रतिबन्ध लगाएर चरम दमन गरिरहेको छ । दोहोरो भिडन्तको नाममा ने.क.पा.का जनक्ब्युरो सदस्य एबम सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल, ओखलढुंगा पार्टी जिल्ला इन्चार्ज निरकुमार राई “प्रशान्त” र भोजपुरका कार्यकर्ता तिर्थराज घिमिरेको प्रहरीले नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ०७६ असार २९ गतेसम्म विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पांचसय ८५ नेता कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये पांच सय ४३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने ९६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । ६५ जना अनुसन्धानको क्रममा छन् भने तीनजनाको मुद्दा दर्ता गर्न बाँकी छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओली “सुदर्शन”, पोलिटब्युरो सदस्यद्वय मोहन कार्की “जीवन्त” र भारत बम र पार्टी केन्द्रीय सदस्य एबम अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय संयोजक बन्दु चन्द लगायतका नेता तथा कार्यकर्ता अहिले पनि जेल जीवन बिताइरहेका छन् ।


(२०७६ असार ३०, सोमबार) १६:३८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro