मन्चका सचिव चौलागाईंको डायरीमा प्रहरीले “विप्लव”को नाम देखेपछि ……… …

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ३०, सोमबार) ०९:५९

प्रहरीहरु नेपाल कम्युनिष्ट पार्टी र त्यस पार्टीका महासचीव विप्लवको नाम देखेपछी कति त्रसित रहेका छन् भन्ने कुरा आइतबार काभ्रेमा भएको एक घटनाले पुस्टि गरेको छ ।

काभ्रे जिल्लाको कोसिपारीबाट काठमाडौं जाँदै गरेका नेपाल कम्युनिस्ट पार्टी निकट काभ्रे- काठमाडौं जनगणतान्त्रिक सम्पर्क मंचका सचिब नकुल चौलागाईंलाई प्रहरीले धुलिखेलमा आइतबार करिब ११ बजे चेक जाँच गरेको थियो । चेकजाँचकै क्रममा प्रहरीले फेला पारेको उनको डायरीमा “नेपाल कम्युनिष्ट पार्टी र महासचीव विप्लव”को नाम देखेपछी उनलाई गिरफ्तार गरेको थियो ।

प्रहरीको गिरफ्तारीमा परेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, धुलिखेलमा  राखिएको थियो । करिब २४ घन्टा प्रहरी हिरासतमा राखिएका चौलागाईंलाई आबस्यक सोधपुछ रअनुसन्धान पछी प्रहरीले छोडेको थियो।


(२०७६ असार ३०, सोमबार) ०९:५९ मा प्रकाशित

Exchange Rate

Nepali Patro