पत्रकारका नाममा ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको जाँड पार्टी : रक्सीमा झुमे, नाचे र रमाए जनप्रतिनिधि अनि कर्मचारी (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २९, आईतवार) १५:२६

देश बाढी र पहिरोले आक्रान्त बनेको छ । यही बेला देशमा असारे बिकास चलिरहेको छ ।  तर तनहुँ जिल्लाको ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्ने नाममा नियम र कानुनलाई मिचेर जाँड पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।

जनप्रतिनिधि भएर जनताका काम गर्नुभन्दा पनि मोजमस्तीमा बजेट सिध्याउन उद्धत व्यास नगरपालिकाका जनप्रतिनिधिहरुले गरेको मोजमस्तीको भिडियो सार्वजनिक भएपछी ब्यापक टिकाटिप्पणी शुरु भएको छ ।

उक्त भिडियोमा ३१ औं नगरसभाको निर्णय सार्वजनिक गर्न व्यास नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलन भनेर ब्यानर राखिएको छ । पत्रकार सम्मेलन सकिएलगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै मस्तीमा झुमेमा छन् । भिडियोमा यो सबै दृष्य प्रष्ट देख्न सकिन्छ । भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिएका छन् ।

नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमै जाँड पार्टी चलेको थियो । जसमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्य उपस्थित छन् । उनीहरुले वल्ड दरबार ह्विस्की पिउँदै नाचगान गरेको भिडियोमा हृर्न सकन्छ । दृश्यमा कर्मचारीले वल्ड दरबार ह्विस्की सर्भ गरेको प्रष्टै देखिन्छ। सभाको प्रवेशद्वारकै छेउमा ह्विस्कीका भरी बोतल राखिएका छन् ।

गत बुधवार ब्यास नगरपालिकाको ३१ औं नगरसभा सम्पन्न भएपछि करीव १५ मिनेट पत्रकार सम्मेलन भयो । दश मिनेटमा सकिएको नगरसभा र १५ मिनेटमा सकिएको पत्रकार सम्मेलनपछि ब्यास नगरपालिका भवनभित्रकै हलमा मदिराका बोतल धमाधम खुल्न थाले । मेयर बैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरु मदिरासँग झुम्दै नाच्न थाले ।

जनप्रतिनिधि नै मदिरा सेवन गर्दै नगरसभा हलमा नाच्न थालेपछि अगाडि स्टेजमा बसेका नगरप्रमुख लाई समेत नचाइएको थियो ।

अगाडि नाचगान चलिरहँदा पछाडि भने जनप्रतिनिधिदेखि कर्मचारीसम्म मदिरामा लठ्ठ थिए । प्रमुख प्रशाशकीय अधिकृत त कार्यालय पोशाकमा रहेका थिए भने अन्य कर्मचारीका घाँटीको परिचय पत्र समेत रहेको थियो ।


(२०७६ असार २९, आईतवार) १५:२६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro