जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष र श्रेष्ठ पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २५, बुधबार) ०६:१९

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर र केन्द्रीय सचिव पूर्ण श्रेष्ठलाई आइतबार काठमाडौँको ठमेलबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूसँगै पक्राउ परेका अर्का एकजनालाई भने प्रहरीले पक्राउपछि भोलिपल्ट रिहा गरेको जानकारी मञ्चका केन्द्रीय सदस्य रणबहादुर पुनले दिए । उनीहरूलाई प्रहरीले आइतबार काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो । पक्राउपछि काठमाडौँको प्रहरी परिसर टेकुमा राखिएका उनीहरूलाई सार्वजनिक मुद्दा दायर गरिएको छ ।

यसैबीच पारिवारिक स्रोतले दिएको जानकारीअनुसार मञ्चका अध्यक्ष मगरको घरमा प्रहरीले खानतलासी गरी विभिन्न कागजपत्रहरू लागेको बताइएको छ । मगरको परिवारले राजनीतिक पार्टीमा लागेकै कारण प्रहरीले पक्राउ गर्ने र घरमा आएर दुःख दिने गरेको बताएको छ । सरकारले बिनाकारण आफ्नो पार्टी सम्बद्ध व्यक्तिहरूलाई गिरफ्तार गरेको भन्दै नेकपाले बिनासर्त रिहाइको माग गरेको छ ।


(२०७६ असार २५, बुधबार) ०६:१९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro