ने.क.पा.का पोलिटब्युरो सदस्य जीवन्त फेरी गिरफ्तार, अन्य दुई केन्द्रीय सदस्यसहित चार जना रिहा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २३, सोमबार) २२:१५

जिल्ला अदालत सुनसरीको आदेश विपरीत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य मोहन कार्की “जीवन्त”लाई प्रहरीले फेरी पक्राउ गरेको छ भने अन्य दुई केन्द्रीय सदस्यसहित चार जना रिहा भएका छन् । रिहा हुनेमा केन्द्रीय सदस्य चुडामणी ओली ‘आदर्श’ र चन्द्र बहादुर खड्का ‘असल’ तथा धनकुटा इन्चार्ज वावुराम राई(विवश) र मिनबहादुर राई रहेका छन् ।

उनीहरु पाँचै जना  इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका विप्लव  थिए । जिल्ला अदालत सुनसरीले सोमबार उनिहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि अदालत परिसरबाटै पोलिटब्यूरो सदस्य जिवन्तलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । अहिले जिवन्तलाई नुवाकोट लिने तयारी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तारमा परेका उनलाई पटक पटक गिरफ्तार गर्दै बिभिन्न जिल्ला पुर्याएको छ ।  चैत १ गते गिरफ्तार जीवन्तमाथि राज्यविप्लव गर्न खोजेको अभियोगमा राजद्रोहको मुद्दा लगाइयो । संगठित अपराधको पनि मुद्दा चलाइयो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दियो । आदेशपछि रिहा त गर्यो तर अदालत गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लगियो । त्यहाँ उनीमाथि ‘मुलुकी फौजदारी कार्य्विधि (संहिता), २०७४ को रिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलाउने काम भयो । बम विष्फोट तथा संगठित अपराधलगायतको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसपछि उनलाइ अर्को संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाइ मुद्दा चलाइयो । त्यसमा काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाइ आदेश दियो । तर उनलाइ अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइयो । त्यहाँ उनीमाथि साविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको थियो ।
पछिल्लो पटकको गिरफ्तार यता काठमाडौं, संखुवासभा, काठमाडौं र सुनसरी गरी चार चारपटक मुद्दा चलाइसकिएको छ । संगठित अपराधको अभियोगमा जोकसैलाई अनुसन्धानका लागि भन्दै ६० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ ।

केन्द्रीय सदस्य आदर्श र असल गत बैशाख ७ गते सल्यानबाट दाङ जाँदै गर्दा राम्रीबाट गिरफ्तार भएका थिए । दुवैलाई दाङ प्रहरीले हिरासतमा राखेपछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर पुन गिरफ्तार गरि प्रहरीले धरान पुर्याएको थियो । त्य

सल्यानको दार्मा घर भएका ‘असल’ नेकपाका प्रभावशाली युवा नेता हुन् । उनि सहिदका छोरा हुन् । त्यस्तै ‘आदर्श’ रोल्पाको गंगादेव गाउँपालिका ३ झ्याम निवासी माओवादी आन्दोलनका पुराना नेता हुन् । उनलाई गाउँमा विकासप्रेमी नेताको रुपमा पनि लिइन्छ । भौगोलीक हिसावले दुर्गम मानिएको रोल्पाको पश्चिम क्षेत्रले उनकै पहमा विकासको गति लिएको स्थानीयहरु बताउछन् । सिंगो तत्कालिन माओबादी पार्टीको बेला उनि रोल्पा जिल्ला सेक्रेटरी भएर काम गरेका थिए । उनि अहिले विप्लव नेकपा पार्टीका न्याय विभाग प्रमुख समेत हुन् ।


(२०७६ असार २३, सोमबार) २२:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालबाट पक्राउ परेका तीन एनआरएनलाई धरौटीमा भोट हाल्ने सुबिधा

"नेपालकाे कानुन दैबले जानुन, सानालाई ऐन  ठुलालाई चैन" नेपालमा "ठुलाबडा, पैसावाल र चिनजानका मान्छेको भनसुनका भरमा कानुनलाई धोती लगाउने प्रचलन छ" भन्ने गरिन्छ । आखिर त्यस्तै भएको छ, जिल्ला प्रहरी कार्यालय.....

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा.....

ने.क.पा. राप्ती ब्युरो बैठकमा प्रहरी हस्तक्षेप, पार्टीका कमाण्ड इन्चार्ज सहित २१ जना गिरफ्तार, प्रहरी घेरा कायमै

विप्लव नेतृत्वको ने.क.पा. राप्ती ब्युराे बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा.....

Exchange Rate

Nepali Patro