सत्तारुढ नेकपाका शिर्षस्थ नेता एबम पूर्वमन्त्री दिनानाथ शर्माका अंगरक्षक चन्द पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार २३, सोमबार) ०३:०६

सत्तारुढ नेकपाका शिर्षस्थ नेताहरु मध्ये एक एबम पूर्वमन्त्री दीनानाथ शर्माका अंगरक्षक प्रहरी हवल्दार बमबहादुर चन्द पक्राउ परेका छन्। चन्द पक्राउ परेका छन्। चन्दलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले कस्तुरीको बिनासहित पक्राउ गरेको हो। प्रहरी हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेण्टबाट आइतबार साँझ पक्राउ परेका हुन्।

नेपाल प्रहरीको सुरक्षा महाशाखामा कार्यरत रही शर्माको अंगरक्षकका रुपमा खटिएका प्पूरहरी हवल्दार चन्दको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले शर्माको अंगरक्षकलाई नियन्त्रणमा लिएको पुष्टि गरे।


(२०७६ असार २३, सोमबार) ०३:०६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro