प्रहरी समायोजनको आधार तयार – स्वत: तह बढुवा अस्वीकार :डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १९, बिहीबार) ११:४३

मुलुकमा संघियता कार्यान्बयन भएको अबस्थामा नेपाल प्रहरीले संघिय संरचना अन्तर्गत प्रहरी समायोजनको आधार तयार पारेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको जानकारी दिए ।

नेपाल प्रहरीले ‘अहिलेदेखि नै प्रदेशको अभ्यास भैरहेको बताउंदै  बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सैद्धान्तिक विषयमा कुरा मिल्नासाथ समायोजनको काम सकिने बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार, कुन प्रदेशमा कति जनशक्ति चाहिन्छ भनेर प्रारम्भिक तथ्यांक तयार भैसकेको छ र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाई सकिएको छ । प्रहरी महानिरीक्षक खनालले समायोजनको क्रममा डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिको पद केन्द्र मातहत रहने भनेर प्रारम्भिक प्रस्ताव तयार गरिएको जानकारी दिंदै अघि  भने, ‘यसमा अझै गृहकार्य गरौं, हामी आज नै ठोस प्रस्ताव तयार पार्छौं र त्यसमा थप छलफल गरेर टुंगो लगाउँला ।’

बैठकमा गृह सचिव प्रेम राईले समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला गृहसचिव राईले त्यसो गरिए अप्ठेरो पर्ने बताए । तर, कस्तो खालको अप्ठेरो हो, उनले विस्तृतमा खुलाएनन् ।

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए ।

प्रहरी महानिरीक्षक खनालले खुला सीमा भएका प्रदेशहरूमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो अवस्थामा प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढ्ने कानुनी व्यवस्था गर्न अति जरूरी रहेको बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिए पनि वीरगञ्ज, भैरहवा, विराटनगरजस्ता नाकाहरूबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुनेतर्फ पनि समितिको गम्भीर ध्यानाकर्षण गराए।

प्रहरी महानिरीक्षक खनालले खुला सीमासँग जोडिएका प्रदेशहरू सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षासम्बन्धी कानुन तय गर्नुपर्ने बताए।


(२०७६ असार १९, बिहीबार) ११:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले चितवन जिल्लाको.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

ने.क.पा. सर्लाहीका तात्कालीन इन्चार्ज पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको मानव अधिकार आयोगको निष्कर्ष, प्रनि साहलगायतलाई कारवाहीको सिफारिश

सरकारी पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा.का तात्कालीन सर्लाही इञ्चार्ज कुमार पौडेल प्रहरीसँगको दोहोरो गोली हानाहानमा मारिएको दाबी गरिरहेको अवस्थामा एक अर्ध न्यायिक.....

Exchange Rate

Nepali Patro