मधेश आन्दोलनका शहीदका नामको भैंसी मधेशी नेताले बुझे, शहीद परिवारले भैंसी पाएनन्

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १५, आईतवार) ०८:३३

मधेश आन्दोलन चलेको बेला जनतालाई उक्साउन ‘शहीद भए ५० लाख रुपिया रकम दिने’ घोषणा गरेका मधेशवादी दलहरू अहिले प्रदेश नम्बर २ मा दुई-तिहाईको सरकार बनाएका छन् । तर सोही आन्दोलनका क्रममा शहीद र घाइते भएका सर्वसाधारण पिडित तथा आफन्तहरुले क्षतिपुर्ति र उपचार खर्च माग्दा उनीहरुले “घरबारी र खेत बेचेर काम चलाउन भन्ने गरेका छन् । त्यति मात्र हैन, अहिले आएर मधेशवादी दलका नेताहरु शहीद र घाइतेका नाममा आएका नगद र जिन्सी सामानलाई समेत आफैले लिने गरेको समाचार प्राप्त भएको छ ।

प्रदेश २ सरकारले मधेश आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ। सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेताका आफन्तसम्मको गोठमा पुगेको छ।

पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिद परिवारका नाममा आएको भैँसी पाएका छन्। उनीहरुलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार सिराहाको लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए।

मधेश आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए। यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ। तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन्। सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन्।सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने भैँसी पाएका छैनन्।

पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन्। सहिद विजयकुमार सहनीका बुबा लक्ष्मी सहनीले भने, ‘जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


(२०७६ असार १५, आईतवार) ०८:३३ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro