भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १५, आईतवार) ०६:०८

नेपाल र भारतकाबीच १८८० लाईन किलोमिटर खुला सिमाना रहेको छ । यसमध्ये ६४७ किलोमिटर नदी सीमा पर्दछ । यस्तो सीमा रेखै–रेखामा मेची, महाकाली, नारायणी, राप्ती, मोहना, पथरैया, उरिया, पन्जनद, घोङ्गि, लुना अर्णानालाजस्ता साना ठूला गरी करीब ६० ओटा नदीनाला पर्दछन् । नेपालको दक्षिण, दक्षिण–पूर्व तथा दक्षिण–पश्चिम सीमारेखामा अक्सर समतल भूभाग , आवादि जमिन तथा गाउँवस्तीहरु पर्दछन् भने पूर्व, पश्चिमका बाँकी सीमारेखामा पहाडी वुत्तखण्ड पर्दछ ।

नेपाल र भारत अन्तराष्ट्रिय हिसाबले भारतभन्दा २२ गुणा सानो नेपाल र ४५ जना भारतीयको अनुपातमा १ जना नेपाली रहेको नेपालको सीमानाको ठाउँ ठाउँमा भारतबाट बेला बखतमा कच्याक् कच्याक् थिचो मिचो, कच्पच्, झै झमेला मनोमालिन्य, वादविवाद, अतिक्रमण भएको सुनिन्छ र देखिन्छ पनि । तर दुबै देशकाबीच भयंकर घम्सा–घम्सी, काटा–काट, मारामार गोलीले छेडाछेड भएको चाहिँ देखिदैन ।

नेपाल र भारत दुई घनिष्ट मुलुकहरु हुन् । प्रकृतिले पनि दुई देशलाई एक आपसमा घनिष्ट तुल्याएको छ । नेपालका नदीनाला भारततिरै बग्न पुगेका छन् तर कति भने भातरमा पुगेपछि ती नदीहरुले भएंकर रुप धारण गर्छन् । नेपाल र भारतको उत्तरमा रहेको हिमालय श्रृंखलाले दुवै देशको चीनसँगको सिमानामा काम गरेको छ । तर भिन्नता के मा छ भने नेपाल र च्निका बीच आपसी सिमांकन भएको दिन दशक नाघिसक्यो । यद्यपि भारत चीन सिमांकनको कुरो काँचै रहेको छ ।

यस्तै दवै देशमा परापूर्वकालदेखि नै महाभारत पर्वत श्रृंखला र सिवालिक ९चुरे० पहाडको खण्ड घुसेको छ भने गंगाको मैदानी भाग पनि दुवै देशमा पर्दछ, तर धेरै र थोरै हिस्साको मात्र फरक छ । हँदा हुँदा मानिसहरुको वर्ण पनि त्यस्तै त्यस्तै प्रकृतिको छ, अलिकति कालोपनको कुनै कतै हिस्सा परेको छ र पनि टड्कारो रुपले टाढैबाट चिन्न सकिने अंग्रेज र यहुदीजस्तो फरक होइन । तर नेपाली र अधिकांश भारतीय मित्रहरुको दिलको मात्रामा निकै फरक परेको होइन । तर नेपाल र अधिकांश भारतीय मित्रहरुको दिलको मात्रामा निकै परक परेको तेस्रो देशको मानिसलेपनि पहिचान गरेका छन् ।

नपत्याए, तपाईँ र तपाईँको भारतीय मित्र एकैसाथ विश्वको विकसित मुलुकमा पुग्नुभयो भने त्यहाँको अर्को तेस्रो मित्रले गरेको व्यवाहारको अनुपातबाट तपाईले अनुभव गर्न सक्नुहुन्छ । नेपाली र भारतीय मित्रहरु सिन्काको साँध राखेर सँगै सुत्दा निद्रामा अथवा अर्ध निद्रामा खुट्टाले एक अर्कालाई लाग्न सक्छ, यो स्वाभिकै हो । तर निद्राबाट पूरा व्युझिँसकेपछि पनि भारतीय मित्रको खुट्टाले नेपाली मित्रको खुट्टालाई थिचेको थिच्यै पारेर राख्नु त भएन नि । त्यसमाथि पनि नेपालीको खुट्टालाई ओछ्यानमा खाल्डोपारी पुरेको पु¥यै गर्नु त झन मिलेन नि ।

एउटा नेपालीको खुट्टाभन्दा भारतीय साथीको खुट्टा राष्ट्रिय अनुपातमा ४५ गुणा गह्रौँ छ भन्ने ठानेर नेपाली खुट्टाको नाम– निसाना मेटाउनु त नहुने हो, किनकी नेपाली खुट्टापनि यही विश्वको एउटा प्राणीको हिंडडुल गर्ने र उभिने शरीरको अङ्ग हो । यथार्थतः यो पनि एउटा आ–आफ्नो मनोभावना र मनोदशा हो । नेपाल र भारतकाबीच बीच रहेको खुलम् खुला सीमारेखाका कतिपय स्थानहरुमा यस्तै मनोदशा प्रदर्शन भएको छ । यस्ता मनोभावनाहरु भारतले अंगे्रजको विरासतको रुपमा लिएको सीमारेखामा देखिन्छन् ।

कुनै जमानामा पराधिन रहेको भारतमा लादिएको मनोभावना आफू स्वाधीन भइसकेपछि पनि त्यस्तै भावना अरुमा लाद्ने मनोवैज्ञानिक धारणा भारतको रहनु स्वाभाविकै हो । तर त्यसबेलाको परिस्थिति र हालको वातावरणमा निकै फरक आइसकेको छ र त्यस बेलाको मनोदशामा ग्रसित रहि आफ्ना बानी व्यहोरामा समय सापेक्ष सुधार नआएमा भीमकाय शरीर भएपनि अन्तराष्ट्रिय स्तरमा आफ्नो शिर निहुराउनु पर्ने हुन्छ ।

को–कसको मनोभावना तथा मनोवैज्ञानिकपना कस्तो रहेको छ भन्ने कुरा आफ्नै ठाउँमा छ ता पनि नेपाल–भारत सीमारेखा मिच्ने काम सुगौली सन्धीभन्दा अगाडि पनि भारतले गरेको थियो र सन्धिपछि हालतक पनि हुँदै आइरहेको पाइन्छ । आफ्नो सीमाना मिचिएकोले नै नेपालले ब्रिटिश भारतसँग सन् १९१४ देखि डेढबर्षसम्म लडाइँ ग¥यो र भारतले मिचेको मिच्यै पार्न नेपाललाई सन्धिमा बलजफती हस्ताक्षर गरायो ।

सन्धिभएको लगतैपछिदेखि नै बाँकी रहेको नेपालको दक्षिणी भागको सिमाना एकिन नभई कच्याक् कुचुक्क पर्न शुरु भएको पाइन्छ । जस्तो सुगौली सन्धिको धारा ३ को उपधारा ९१० ९२० ९३० ले काली–राप्ती–गण्डकी–कोशी सम्मको समस्त होचो भूभाग नेपालले गुमाएको थियो । यो होचो भूभाग भन्नाले यसको सीमाना कुन हो अथवा चुरे पहाडको फेदीमा सीमारेखा कहाँसम्म हो भन्ने विवाद परेको थियो । यो विवाद हल गर्न र नेपाललाई सालिन्दा २ लाख रुपैँया दिइरहनुको बदला (जमिनभन्दा रुपैँया प्यारो लागेर पनि) सन्धि भएको ९ महिना पछि अंग्रेजले काशीदेखि राप्तीबीचको समथर भाग नेपाललाई फिर्ता ग¥यो ।

यो क्षेत्र फिर्ता दिनुभन्दा ३ दिन अगाडि अर्थात् ८ डिसेम्बर १८१६ मा यस क्षेत्रमा राम्ररी परिभाषित गरिएको सिमाना कायम गर्नको लागि दुवै देशका कमिश्नरहरुको नियुक्ति गरियो । यस अनुसार सीमांकन पनि गरियो तर पनि कोशी र राप्तीकाबीच रहेको १४ जिल्लाका ३० ठाउँमा हाल सीमा मिचिन पुगेको छ । यस्तै भारतको लखनौमा जंगबहादुर समेत संलग्न नेपाली फौज गएर सन् १८५८ मा सिपाही विद्रोहलाई साम्य पारेवापत कम्पनी सरकारले अनुगृहित हुँदै नेपाली फौजको भावनात्मक क्रणचुक्त गरेस्वरुप नेपाललाई सन् १८६० मा राप्ती र महाकाली बीचको ४ जिल्ला फिर्ता ग¥यो र नेपालले यसलाई नयाँ मुलकको रुपमा नामांकन गर्दै फिर्ता लियो ।

दक्षिणी सिमानामा कचकच् पर्ला भनेर नयाँ मुलुक सुम्पनु अघि नै जंगे स्तम्भहरु गाडी सीमा छुट्याएको थियो तापनि हाल यस नयाँ मुलुक भेगको १६ ठाउँमा हाल सीमा मिचिन मुगेको छ । यसबाहेक इलामको अन्तुडाँडाको स्वामित्वबारे र मेची नदीको उद्गमस्थल सम्बन्धमा सिक्किमको भूटियासँग ठाक्ठुक पारी वाद प्रतिवाद चलेको थियो । यस विवादको निर्णय अबउबतष्बल न क िियथम ले सन् १८२७ मा गरेकोमा नेपाललाई चित्त नबुझि अपील गर्दा पुनः छानविन भई सो क्षेत्र नेपालकै निर्णय म्च। न्भयचनभ ऋबmदभिि ले सन् १८३८ मा गएका थिए ।

यस्तै सन् १८४० मा राम नगर जमिन्दारी क्षेत्रका कतिपय गाउँ बस्तीको स्वामित्वको बारेमा विवाद चलेकोमा २ जनवरी १८४१ मा एक इकरारनामा तयारी पारी आपसी समझदारीका साथ सामाधान भएको थियो । यसैगरी दाङ जिल्लाको डुढुँवा श्रृंखलाको अर्रानालादेखि ताल बघौडासम्मको सिमाना श्रृंखलाको चुलीलाई मान्ने कि फेदलाई मान्ने भन्ने सम्बन्धमा जहाँदेखि मैदानी भाग सुरुहुन्छ, त्यसैलाई सीमा रेखा मान्ने भनी नेपालका तर्फबाट कर्णेल सिद्धिमान सिंह राजभण्डारीले र कम्पनी सरकारका तर्फबाट ले।

क म्याक् एण्ड्रिउले ७ जनवरी १८७५ मा सीमा सम्झौता गरे । तर हाल सुख्खा नालालाई सीमा मान्ने कि पानी भएको भागलाई सिमांकन गर्ने भनी विवाद रहेकै छ । यस्तै महाकाली नदीमा भारतले शारदा बाँध बनाउँदा सट्टा पट्टा गरेको जमिनको नेपालले पूरा जमिन सोध भर्ना पाउन नसकेको पनि गुनासोरुपी समस्याकै रुपमा रहेको छ । यसरी भातमा ब्रिटिश शासनकालदेखि नै विभिन्न स्थानमा विभिन्न समयमा नेपालको सिमाना मिचिन पुगी वादविवाद हुँदै विभिन्न स्थानमा समाधान भएको र अन्य कतिपय ठाउँहरुमा विवाद रहिरहेको पाइन्छ ।

भारत स्वतन्त्र भइसकेपछि पनि यो समस्याको रोगले छोडेको पाइँदैन । सीमा क्षेत्रमा जनसंख्या बृद्धिको कारणले तथा भारतको हेपाहा प्रवृत्ति भएकोले र नेपाल तराईको जंगल फडानीलेगर्दा सीमा मिचिने क्रम बढ्दै आएको छ भने अतिक्रमित क्षेत्रको संख्या तथा क्षेत्रफल पनि बढ्दै गएको देखिन्छ । परापूर्वकालमा सीमांकन नभएको क्षेत्रमा त भारततिरबाट यसैउसै सीमा मिचिएकै छ । तर पहिले सिमांकन भएर सीमास्तम्भ गाडिएको वृत्तखण्डमा पनि खम्बा तोडफोड गरी जानाजान लोप गर्ने, दशगजा जमिनको नाम निसाना चिन्न नसकिने पारी आवाद गर्ने भएकाले सीमा मिचिने क्रम सेलाएको छैन, बरु थपिएको पाइएको छ ।

भारत स्वतन्त्र भएपछि टड्कारो रुपले भारतले धेरै क्षेत्रफलमा सीमा मिचेको २०११ साल ९सन् १९५४० देखि नवलपरासी जिल्लाको सुस्ता नरसाही क्षेत्रमा रहेको देखिन्छ । यस पछिको ठूलो भू भाग भारत चीनका बीच युद्ध भएको समय २०१९ साल ९सन्१९६२० देखि मिचिएको र तद्पश्चात् २०५३ सालदेखि व्यापकरुपमा प्रकाशनमा आई बहुचर्चित भएको कालापानी–लिम्पियाधुरा क्षेत्र नै हो । यसपछि क्षेत्रफलको हिसाबले मेची नदीको भूभाग २०५२ सालदेखि मिचिदै आएको पाइन्छ ।

हुँदा हुँदा अहिलेसम्म दुई देश बीचको सीमा रेखामा रहेका २६ जिल्ला मध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा मिचिन पुगेको देखिन्छ । यस्तो मिचिएको भाग तराई तर्फ एकाध विगाहादेखि हजारौँ विगाहा पहाडी क्षेत्रको कालापानी लिम्पियाधुरा क्षेत्रमा त लाखौँ रोपनी भूभागमा सीमा समस्या पर्न आएको पाइन्छ । भारतद्वारा नेपालको कालापानी लिम्पियाधुरा, सुस्ता क्षेत्र गरी ७१ स्थानहरुमा भूभाग मिचिन पुगेको व्यहोरा समय समयमा प्रकाशमा आएको पाइन्छ । बिशालनेपालबाट नेपालको सिमाना (बुद्धिनारायण श्रेष्ठ)


(२०७६ असार १५, आईतवार) ०६:०८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro