कालिकोटमा प्रहरी र ने.क.पा. कार्यकर्ता भिडन्तको तयारीमा, स्थानीय त्रसित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १५, आईतवार) ००:५२

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको दबदबा रहेको भनिएको कालिकोट जिल्लामा प्रहरी र विप्लव नेतृत्वको  ने.क.पा. कार्यकर्ताबीच जुनसुकै बेला भिडन्त हुने अबस्था सिर्जना भएको छ ।  आफ्नो आधार क्षेत्र मानिरहेको कालिकोट जिल्लाका सबै गाउँपालिकामा प्रहरीले उपस्थिति जनाउंदै ब्यापक सर्च अपरेशन गरेपछि विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी कालीकोट निकै आक्रोशित बनेको छ ।

ने.क.पा. कालीकोटका सेक्रेटरी रणदिपले सर्लाही घटना दोहो-याउने सपना बोकेर प्रहरी गाउ प्रबेश गरेमा खरानी पार्ने चेताबनी दिएका छन् । कालिकोटको एक बिकट गाउँमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै सेक्रेटरी रणदिपले त्यस्तो चेताबनी दिएका हुन् । जिल्लाभित्र भएका केही घटनालाई आधार मानेर प्रहरी गाउँ-गाउँ छिरेर खानतलासी गर्ने, ब्यापक धरपकड गर्ने, जनता आतंकित गर्ने र आफ्ना नेता तथा कार्यकर्ताको प्रहरीले पिछा गर्ने गरेमा आफ्नो पार्टीले प्रतिरोध गर्ने जानकारी दिंदै उनले त्यसका लागि तयार रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आफुहरुको लडाई सेना र पुलिससंग नभएको जिकिर गर्दै नेता रणदिपले देशको ढुकुटी खत्तम पारेर लुट मच्चाउने भ्रस्ट जनप्रतिनिधि र देशका भ्रष्ट दलालहरुबिरुद्धको लडाइमा साथ् दिन सम्पूर्ण सुरक्षाकर्मीसंग अनुरोध गरे ।

रणदीप
ने.क.पा. कालिकोट सेक्रेटरी रणदीप

शान्तिपूर्ण तरीकाले कार्यक्रम गर्न पाउने अधिकारलाई सरकारले प्रतिबन्ध लगाएकाले आफुहरु बाध्य भएर संघर्षमा जानुपरेको बताउंदै नेता रणदीपले यही संघर्षका क्रममा झुट्ठा मुद्दा लगाएर गिरफ्तार गरिएका ने.क.पा.का नेता तथा कार्यकर्तालाई बिना सर्त रिहा गर्न सरकारसंग आव्हान गरे । यदि गिरफ्तार आफ्ना नेता तथा कार्यकर्ता बिना शर्त रिहा नगरी पार्टी थप शशक्त संघर्षमा जाने चेतावनी दिंदै त्यसबाट उत्पन्न हुने परिणामको भागीदार सरकार स्वयम् हुने उनको भनाई थियो ।

सरकारले प्रतिबन्ध लगाएपछी विप्लव नेतृत्वको ने.क.पा.को गतिविधि बढदै गएपछि कालिकोटका सबै स्थानीय तहमा प्रहरी टोली पठाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंगलबार राती नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६∕६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए। उनले भने, ‘नेकपाले स्थानीय तहलाई नै लक्षित गरी आगजानी गर्ने जस्ता अपराधिक गतिविधि सुरु गरेकाले त्यसका विरुद्धमा सबै पालिकाहरुमा प्रहरी परिचालन गरेका छौँ।’

विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ। नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोट्बाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशष्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो।

डिएसपी बिनोद शर्मा
डिएसपी बिनोद शर्मा

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रीत गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेको छ।

विप्लव विरुद्धको गाँउ अप्रेशनमा रहेका डिएसपी शर्माले आफुहरुले गाँउमा स्थानीय नागरिकहरुसँग भेटघाट गर्दै विप्लवको कालिकोटको जिल्ला कमिटिमा रहेका ८८ जना नेताहरुको घर घरमा पुगी पक्रउ गर्ने बताए। उनले भने, ‘हामीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेका छौँ। कुनै पनि हालतमा चारैतिरबाट घेराबन्दी गरेर विप्लवका कालिकोटका नेताहरुलाई पक्राउ गर्छौँ। कानुन हातमा लिएर अपराधिक क्रियाकलाप गर्नेहरुलाई कानुनी कटघरामा उभ्याउँछौँ।’

गाँउमा द्वन्द्वको झझल्को, स्थानीय त्रसित

कालिकोटका ग्रामिण स्तरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले विभिन्न गतिविधि बढाएको र विप्लव विरुद्ध प्रहरीले गाँउमा अप्रेशन सुरु गरेपछि स्थानीय नागरिकहरु निकै त्रसित भएका छन्। २०५२ सालमा तत्कालीन नेकपा माओबादीले सुरु गरेको दशबर्षे जनयुद्धको दर्दनाक पीडा भोगेका कालिकोटका नागरिकहरु पुन मुलुक द्वन्द्वमा जान्छ कि भन्ने अनुमान लगाउन थालेका छन्। गाँउमा विप्लवले गतिविधि बढाउनु र सरकार विप्लव प्रति दिन प्रतिदिन आक्रामाक बन्नु, प्रहरी पनि गाँउ केन्द्रित हुनुले स्थानीय नागरिक द्वन्द्वको चपेटामा पर्ने डर सिर्जना भएको छ।

विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहित १३ जना केन्द्रीय स्तरका नेता कालिकोटका छन्। मुलुकका ४५ जिल्लाहरुमा कालिकोटका नेताहरुको नेतृत्व रहेको नेकपाका नेताहरु बताउँछन्।


(२०७६ असार १५, आईतवार) ००:५२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’ कारबाहीमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी हाइड्रो तथा खानी मजदुर संघको केन्द्रीय अध्यक्ष लोकेन्द्र थापा ‘आकाश’.....

नेपाल–भारतबीच समाधान गरिनुपर्ने बिबादित मुद्दाहरु : हरि रोक्का

सात दशक छोटो समय होइन, जुन सुकै कोणबाट हेरे पनि । स्वतन्त्र भारतसँगको नेपाली सहयात्रा सात दशक पुरानो भइसकेछ । १०४ वर्षे जहानियाँ राणा शासनको अँध्यारो युगबाट उज्यालोमा प्रवेश गर्दै गर्दा.....

काठमाण्डौ प्रहरीद्वारा टेलीभिजनकर्मी रबि पत्नीको चितवन प्रहरी प्रमुखसहित तीन जनाविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा.....

Exchange Rate

Nepali Patro