रेनकोट लगाएर पढाउंछन् शिक्षक, छाता ओढेर पढ्न बाध्य छन् बिद्यार्थी !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १४, शनिबार) २३:१२

छानोबाट पानी चुहिरहेको कक्षा कोठा–रेनकोट लगाएर पढाउँदै गरेका शिक्षक, अनि छाता ओढेर पढ्न बाध्य बिद्यार्थी । यो दृश्य दैलेखको गुराँस गाँउपालिका– ८ मालिका माविको हो ।

१२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् । विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् ।

पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाधपक भक्तबहादुर बस्नेतको दुखेसो छ । कच्ची भवनको छानो ५ पटकसम्म उडाइसक्यो, तर नयाँ भवन बनेन ।

भारत सरकारको ३ करोड ८४ लाखको लागतमा २०७० सालमा निर्माण सुरु भएको यो भवन ६ बर्षसम्म ढलानमै सीमित भएको छ । निर्माणको जिम्मा लिएको खानी निर्माण सेवा बानेश्वर काठमाडौंले भारतीय दुतावासले एक बर्षमा १५ लाखका दरले मात्रै पैसा दिने भएकाले काममा ढिलाई भएको बताउँदै आएको छ ।

भवन निर्माणलाई तीव्रता दिन बिद्यालय व्यवस्थापन समिति पटक–पटक दुतावास पुगेका छन् तर, दुतावास र निर्माण कम्पनीले विद्यालय र विद्यार्थीको पीडा भने बुझेनन् । उता भारतीय दुतावासको सहयोगमा भवन बन्दै गरेको भन्दै जिल्ला शिक्षा एकाईले पनि कुनै सक्रियता देखाएको छैन ।४ सय ५० विद्यार्थीहरु रहेका यस विद्यालयमा अहिले यही कारण विद्यार्थीहरु टाढाको स्कुल जान बाध्य भइरहेका छन् ।


(२०७६ असार १४, शनिबार) २३:१२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro