त्यो काठमाडौलाई हेर त बाब्बा ! अलिली फुँई छैन : मोनिका गुरुङ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १४, शनिबार) २३:०४

जाजरकोटमा हैजा लाग्दा जीवन जलको झोल छैन
सुत्केरीलाई तातो छैन तातेकाले खाने सिटामोल छैन
जन्मिहाले बिकट्मा शिशुलाई दिने खोप छैन सुई छैन
तर त्यो काठमाडौलाई हेर त बाब्बा !अलिलि फुँई छैन

खलनायकहरुको माझमा भारतिय नायकहरु झर्ने भए
गरीबका नारा घन्काएर तिम्रा महत्वकान्क्षा टर्ने भए
धनीहरुको बस्तीमा भोकानांगाको रोदन कोही सुन्दैन
तर त्यो काठमाडौलाई हेर त बाब्बा !अलिली फुँई छैन

चर्केको पाउमा जुत्ता छैन चप्पल छैन भारी बिनाको बुइ छैन
ढुङ्गो खस्ने बाटो कहिल्यै नसक्ने यात्रा तैपनि खुइ खुइ छैन
कास्टिङ्गमै दालमेँ कुछ हैन सबकुछ कालो अलिली गाँईगुँई छैन
तर त्यो काठमाडौलाई हेर त बाब्बा ! अलिली फुँई छैन

देश चलाउनेहरु कलाकार हुन्थे भने अभिनय राम्रो भन्थेम
हामी सके पनि देश रहे हामी रैती,तिमिलाइ हाम्रो भन्थेम
तर यहाँ कला नि छैन, संस्कृति नि बच्या छैन
तर त्यो काठमाडौलाई हेर त बाब्बा ! अलिली फुँई छैन

पैचो हो कि बद्ला ? सिमापारी मालबाहकको लस्कर
आयोजना गर्ने देशले हो कि कस्ले ? आइफा अनि ओस्कर
आफ्नाको त स्थिति  बेहाल छ, कुनै खबर छैन
तर त्यो काठमाडौलाई हेर त बाब्बा ! अलिली फुँई छैन

 

 


(२०७६ असार १४, शनिबार) २३:०४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना