प्रतिबन्धभित्र जनअपेक्षा र जनआक्रोश : धीरेन्द्रा उपाध्याय ‘भृकुटी’

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार १२, बिहीबार) १४:००

यतिबेला हामी शोकलाई शक्ति र शक्तिलाई आक्रोशमा बदल्दै साहस, साहस फेरि पनि साहसका साथ समाजको मुक्ति र परिवर्तनका लागि अगाडि बढ्दैछौँ । वर्गीय दृष्टिकोण के हो ? यसको गहिराइ कति रहेछ ? भन्ने दिनप्रतिदिन महइभ्वबोध हुँदैछ । कस्तो वर्गीय दृष्टिकोणले कुन वर्गको सेवा गर्छ, व्यवहारमा पुष्टि भएकै छ । समाजमा स्थापित संस्कार र संस्कृति कस्तो छ ? राज्यव्यवस्था कस्तो विधि र विधानअनुसार चलेको छ ? त्यसले समाजलाई अग्रगमनतिर धकेलेको छ वा पश्चगमनतिर ? त्यो राष्ट्रनायकले अवलम्बन गर्ने दृष्टिकोणले निर्धारण गर्दछ ।

जुन राष्ट्रनायक सर्वहारावर्गीय दृष्टिकोणले वेष्ठित छ उसले राजनीतिलाई निःस्वार्थ जनसेवाका रूपमा लिन्छ । शासकवर्गीय दृष्टिकोणले सुसज्जित राष्ट्रनायकले राजनीतिलाई कमाइखाने भाँडो बनाउँछ । व्यक्ति सम्पन्न हुन्छ तर देश र जनतालाई कङ्गाल बनाउँछ । त्यसको उदाहरणका रूपमा नेपाललाई लिन सकिन्छ । प्रचण्ड, बाबुराम र वादलहरूले जहिलेसम्म सर्वहारावर्गीय दृष्टिकोण अवलम्बन गरिहेका थिए त्यसबेलासम्म उनीहरू गाउँका गरिब, किसान, मजदुर, सुकुमबासी, जनयुद्ध र जनआन्दोलनका सहयोद्धा, घाइते कमरेडहरू, सहिद र बेपत्ता परिवारप्रति माया गर्थे । राष्ट्र र जनताका शत्रुप्रति घृणा र आक्रोश व्यक्त गर्थे ।

जब उनीहरू शासक वर्गमा परिणत भए, त्यसपछि जनयुद्ध र जनआन्दोलनका सहकर्मी किसान, मजदुर, सुकमबासी, सहिद र बेपत्ता परिवारलाई देख्दै रिस उठ्ने अनि जनताको रगत र श्रम कुल्चँदै मोटाएका शोषक वर्गप्रति माया लाग्ने अवस्था उनीहरूमा सिर्जना भयो । तसर्थ आगामी मुक्ति र परिवर्तनका लागि सङ्घर्षशील नेता र कार्यकर्ताहरूले पहिलो जोड सर्वहारावर्गीय दृष्टिकोणमा लगाउनुपर्छ । दोस्रो, दृष्टिकोणअनुसार नीति निर्माण गर्नुपर्छ । तेस्रो, योजना निर्माण र कार्यान्वयनमा मुख्य जोड दिँदै इतिहासबाट शिक्षा लिँदै वर्तमानमा अगाडि बढ्नु प्रत्येक नागरिकको कर्तव्य बनाउनुपर्छ । अनि मात्र स्वाधीनता, समृद्धि, समानता र शान्तिसहितको राष्ट्र निर्माणको दायित्व पूरा हुन्छ ।

परिवर्तित परिवेशमा जनताका अपेक्षा

विगतदेखि वैदेशिक हस्तक्षेप साथै सत्ता र संरचना परिवर्तनका लागि देशभित्र सञ्चालित आन्दोलनमा नेपाली जनताले ठूलो त्याग, तपस्या र बलिदान गरेको प्रस्टै छ । सत्ता परिवर्तनका लागि सुरु गरिएको नेपाली जनयुद्धमा त नेपाली आमाका १७ हजार सपूतहरूले बलिदान गर्नुभयो । थुप्रै दिदीबहिनीको सिउँदोको सिन्दुर पुछियो । केही अङ्गभङ्ग र घाइते हुनुहुन्छ । तत्कालीन राज्य पक्षले गरेको दमनबाट थुप्रै गाउँले जनताले घर छोडेर भाग्नुपरेको थियो । थुप्रै बस्तीहरू उजाड भएका थिए ।

छ महिनाको दूधे बालकदेखि ७० वर्षका वृद्धवृद्धासम्मले गोलीको सिकार हुनुपरेको थियो । थुप्रै दिदीबहिनीहरू बलात्कृत हुनुपरेको थियो । तीन महिनाका सुत्केरीले मारिनुपरेको थियो । राज्यका दृष्टिमा ढुङ्गोमाटोसमेत माओवादी भएको थियो । त्यसबेला बगेको रगतको आहाल सुकेको छैन । गोली लागेर घाइते भएकाहरूका चह¥याइरहेका घाउहरू अझै पुरिएका छैनन् । टुहुरा बच्चाबच्ची आमाबुबाको अभावमा भौँतारिरहेका छन् ।

व्यवस्था परिवर्तनका सपना सपनामा मात्र सीमित भए । आदर्शका मालिकहरू व्यवहारका दास हुन्छन् भनेझैँ भ्रष्टाचारमुक्त, दलालीकरणमुक्त, वैदेशिक हस्तक्षेपमुक्त बेरोजगारमुक्त, कुशासनमुक्त देश निर्माण गर्ने योजना आदर्शमा मात्र सीमित भयो । उल्टै जनयुद्धकालमा रगत र पसिनाबाट साटिएको सम्पत्ति पार्टी, सेना, सत्ता र हतियार लिएर प्रचण्ड, बाुबराम र वादलहरू पुरानो सत्तामा विलय हुनपुगे । थुप्रै कमरेडलाई जनयुद्ध लडेको अपमान महसुस गराउँदै अयोग्यको प्रमाणपत्र हातमा थमाएर आँसु पुछ्दै घर फर्कन बाध्य पारे । उनीहरू जनयुद्धको समग्र उपलब्धि परित्याग गर्दै गणतन्त्र र धर्मनिरपेक्षताजस्तो आंशिक उपलब्धिमा रमाउँदै सर्वहारा वर्गीय दृष्टिकोणबाट विचलित भए ।

विद्रोह गर्नु जनताको अधिकार हो भन्ने मान्यतालाई आत्मसात गरी सर्वहारा वर्गीय दृष्टिकोणलाई अवलम्बन गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर क्रान्तिको झन्डा झुक्न नदिने कसम खाई कमरेड विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन भएको छ । नेकपाले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्न नयाँ रणनीति र कार्यनीति तय गर्दै देशभरि योजना कार्यान्वयन गर्दै अगाडि बढेको छ ।

छोटो समयमा सर्वहारा वर्गीय दृष्टिकोण कमजोर परिरहेका बेला वैचारिक हिसाबले अध्यात्मवादी आदर्शवादी दृष्टिकोणलाई चुनौती दिँदै द्वन्द्वात्मक ऐतिहासिक दृष्टिकोण स्थापित गर्न पुगेको छ । अहिले राजनीतिक हिसाबले पार्टी दलाल संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा वैकल्पिक शक्तिका रूपमा स्थापित भएको छ । सङ्घर्षका हिसाबले माक्र्सवादको आधारभूत सिद्धान्त बल प्रयोग, सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षलाई आत्मसात गर्दै देशैभरि दलालीकरण, भ्रष्टाचार, बलात्कार, तस्करी र माफियाहरूलाई निशाना बनाउँदै सङ्घर्ष अगाडि बढ्यो ।

सङ्गठनका क्षेत्रमा देशैभरि सुदृढीकरण तथा विस्तारीकरण मार्फत सङ्गठन व्यवस्थित र भौतिक शक्तिका रूपमा स्थथापित हुनपुगको छ । पार्टीप्रति सर्वहारा, श्रमजीवी र राष्ट्रप्रेमी वर्गको आशा र विश्वास बढ्दै गएको छ । यसबाट अत्तालिएर २०७५ फागुन २८ गते सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगउने घोषणा ग¥यो । प्रतिबन्धका विरुद्ध सच्चा परिवर्तनका पक्षधर राष्ट्रप्रेमी जनसमुदाय, बुद्धिजीवी, नागरिक समाज, कानुन व्यवसायीहरूबाट दलाल सरकारप्रति आलोचना र आक्रोश व्यक्त भएको छ । सरकार चारैतिरबाट घेराबन्दीमा परेको छ । नेकपाको नेतृत्व र कार्यदिशा स्थापित र सशक्त बन्दै गएको छ । अहिले सरकार सङ्कटका भुमरीमा पर्दै गएको छ ।

प्रतिबन्ध र जनआक्रोश

नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्धलाई प्रचण्ड– वादलहरूले आफ्नो साहसिक कदमका रूपमा लिएका छन् । आमाका गर्भबाट पैदा भएको अवस्थामा नै शिशुको हत्या गर्ने उनीहरूले योजना बनाए । त्यसो गर्नुभन्दा पहिले उनीहरूले आपूmले लिएको बाटो सही छ वा छैन बुझ्नु पर्दथ्यो । दलाल संसदीय व्यवस्थाको पहरेदार बनिसकेपछि राष्ट्र र जनाताप्रति आफ्ना हर्कत के रहे आपूmतिर फर्कन सक्नुपर्दथ्यो । निर्वाचनका बेला जनतासामु दिएका गुलिया नारा, खाएका नक्कली कसम, गरेका झूट्टा भाषण छोटो समयमै निकम्मा साबित भए । देशमा दिन दुगुना, रात चौगुना सत्ताको दलालीकरण, तस्करी र भ्रष्टाचार बढ्दै गएको छ ।

महँगी, करवृद्धि, कालोबजारी, हत्या, बलात्कार, गुण्डागर्दी र बेरोजगारीले सीमा नाघेको छ । नेपालको प्राकृतिक स्रोत साधन (जल, जमीन र जङ्गल) मा वैदेशिक हस्तक्षेप बढ्दै गएको छ । भूमाफियाहरूको दलालीकरणका कारण खेतीयोग्य जमीन नाश हुँदै र बाँझो हुँदै गएको छ । सत्तामा पुँजी र पहुँच हुनेखानेको हालीमुहाली बढेको छ । इमानदार र दक्ष जनशक्ति निराश हुँदै गएको छ । दलाल संसदीय व्यवस्था र त्यसका नेताको गलत क्रियाकलापका कारण उसप्रति जनतामा आक्रोश र तीव्र घृणा पैदा भएको छ ।

न्यायको आवाज उठाउने असल पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । राज्य त्यागी, इमानदार कार्यकर्ताको दमनमा उत्रिएको छ । स्थायी समितिका सदस्य क. सुदर्शन, अनेमसङ्घकी अध्यक्ष बन्धु चन्दलगायत सयौँ नेता–कार्यकर्तालाई जेलमा कोचिएको छ । नेकपाका केही कमरेडहरूको सहादत भइसकेको छ । केही कमरेडहरू घाइते भएर जीवनमरणको लडाइँ लडिरहनुभएको छ । अन्य कार्यकर्तालाई अन्यायका विरुद्ध बुलन्द गर्ने आजावमाथि प्रतिबन्ध लगाइएको छ । संविधानले दिएको नैसर्गिक अधिकारको प्रयोग त के उनीहरूलाई सरकार नागरिक मान्नसमेत तयार छैन ।

उल्टै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले मृत्यु हुने र घाइते हुनेहरू नेपाली नागरिक होइनन् भन्दै बक्बक् गरे । उनले जबाफ दिनुपर्छ ती कुन देशका नागरिक हुन् ? यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? हुनत जसको भित्री क्षमता जति छ त्यही व्यवहारमा व्यक्त हुन्छ । यसमा हाम्रो भन्नु केही छैन तर जसले गणतन्त्र प्राप्तिका लागि ठूलो योगदान पु¥यायो उसैमाथि यति ठूलो आरोप लगाउनु सत्ताधारीको वैचारिक अवसानको सङ्केत हो । सत्य कदापि डग्दैन । भूmटो कदापि टिक्दैन । यसको फैसला इतिहासका निर्माता नेपाली जनताले गर्ने नै छन् । जनताले सरकारका विरुद्ध चर्काे आवाज उठाइरहेका छन् ।

दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको महान् कार्यमा अगाडि बढ्नु आजको एक मात्र विकल्प बन्न गएको छ । वैज्ञानिक समाजवादी सत्ताबाट मात्रै शान्ति, समृद्धि, समानता र सुशासन कायम हुनेछ । त्यो नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत मात्रै सम्भव छ । त्यसैले सम्पूर्ण परिवर्तनका पक्षधर देशप्रेमी शक्तिहरूले यसका वरिपरि गोलबन्द भएर अगाडि बढ्नु आजको ज्वलन्त आवश्यकता भएको छ ।


(२०७६ असार १२, बिहीबार) १४:०० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro