पुर्व गृहमन्त्री प्रभाकरको गृहमन्त्री बादललाई ठाडो प्रश्न : मुठभेडमा मारिएका पौडेलको हात ६–७ ठाउँमा कसरी भाँचियो ? (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ९, सोमबार) १९:०७

संसद्को राज्य व्यवस्था समितिले ने.क.पा.का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल हत्याकाण्ड बारे छानबिन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्यतथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा पौडेलको मृत्यु भएको थियो । जबाफी कारबाहीका क्रममा पौडेल मारिएको सरकारी पक्षको दाबी रहे पनि सत्तापक्षकै र प्रतिपक्षी सांसदहरूले समेत त्यसमा शङ्का व्यक्त गर्दै सत्यतथ्य छानविनको माग गर्दै आएका छन् ।

संसद्को राज्य व्यवस्था समिति सोमबारको बैठकमा सत्ताधारी नेकपाका सांसद एबम  पूर्वगृहमन्त्री  जनार्दन शर्मा ‘प्रभाकर’ ले ” मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६–७ ठाउँमा कसरी भाँचियो ? भनेर प्रश्न गरेका थिए । उनले  प्रहरीले मुठभेडमा मारिएको बताए पनि जनताको रिपोर्टले मुठभेडमा मारिएको नभन्ने भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।

सोही बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको ने.क.पा. सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताए । गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गर्दै प्रहरीको बचाउ गरे ।

मन्त्री थापाले भने, ‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरीलाई लक्षित गरी आफूहरुसँग रहेको हतियारबाट फायर गरेकोले प्रहरी टोलीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ ।’

पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए ।


(२०७६ असार ९, सोमबार) १९:०७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro