जिल्ला इन्चार्ज पौडेलको हत्याको जनक्रान्तिबाटै बदला लिन्छौँ : विप्लव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ६, शुक्रबार) ०८:१०

सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले बदला लिने घोषणा गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी पनि विप्लवले गरेको छ। पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति निकालेर पौडेललाई सहिद घोषणा गरेका छन् ।

अरूणले निकालेको विज्ञप्तिमा सर्लाहीको लालबन्दी नगरपालिका-१ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरिएको छ।

सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यापछि ने.क.पा. जनक ब्युरोले जारी गरेको बिज्ञप्ति

‘केपी-पीके सामाजिक दलाल सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई बिहीबार दिउँसो करिब सवा १ बजे सर्लाहीको लालबन्दी-१ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ’|

विज्ञप्तिमा भनिएको छ, ‘बागमती नगरपालिका-२ धरहरा घर भएका कमरेड कुमारलाई सहिद घोषणा गर्दछ । यो गैरन्यायिक हत्याको पार्टी विरोध र भर्त्सना गर्दछ । सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पार्टी व्यक्त गर्दछ भनिएको छ।


(२०७६ असार ६, शुक्रबार) ०८:१० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro