संसदमा जुँगाको लडाई, प्रम ओलीले उँधो मुन्टो लाए (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ असार ३, मंगलवार) १६:३८

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता एबम पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले पहिला बोल्ने भन्ने बिबाद हुँदा आजको प्रतिनिधि सभा बैठक अवरुद्ध भयो ।  सभामुख कृष्ण बहादुर महराले समय दिएर बोल्नका लागि रोस्टममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको चर्को बिरोधका कारण बोल्न पाएनन् ।  लामो प्रतिक्षा गर्दा पनि बोल्ने मौका नपाएका प्रधानमन्त्री ओलीले आफ्नो टाउको रोस्टममा अड्याउन पुगेका थिए ।

रोस्टममा उभिएका प्रधानमन्त्री ओलीले आफ्नो भनाई राखेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई आफ्नो भनाइ राख्न दिने भन्दै पटक पटक अनुरोध गरेका सभामुख कृष्णबहादुर महराले आजको संसद बैठक स्थगित भएको जानकारी गराएका थिए । संसदको अर्को बैठक बुधबार विहान ११ बजेका लागि बोलाइएको छ ।

काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ विशेष पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमार्फत प्रम ओलीले समसामयिक विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।

सभामुख कृष्णबहादुर महराले बैठकको प्रारम्भमै प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएका थिए । तर, प्रतिपक्षी दल कांग्रेसले पहिले प्रतिपक्षी दलले बाल्न पाउनुपर्ने भन्दै संसद वैठक अवरोध ग-यो ।

कांग्रेसको अवरोधपछि सभामुख महराले मंगलबारको संसद बैठक स्थगित गरेका छन् ।


(२०७६ असार ३, मंगलवार) १६:३८ मा प्रकाशित

मुख्य समाचार

सबै

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : सर्वोच्च अदालत, राष्ट्रियताको सवालमा शान्तिपूर्ण विरोध गैरकानूनी नहुने ठहर

सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट पार्दै राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण विरोध गर्दा नियन्त्रणमा गर्नु फौजदारी कानूनको मान्य सिद्धान्त विपरित.....

पत्रकार राजकुमार घिमिरेलाई झुट्ठा मुद्दा : नेपाल पत्रकार महासंघ कास्कीद्वारा गिरफ्तारीप्रति खेद प्रकट

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट गिरफ्तार गरिएका संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा  लगाएको छ।  प्रहरीले उनलाई ड्युटीमा रहेका.....

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस.....

Exchange Rate

Nepali Patro