पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ ३१, शुक्रबार) २०:१७

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको सिफारिस गरेको छ ।

समितिको  बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन जोड्ने गरी बाग्मती नदीमाथि निर्माण गरिरहेको पुल गुणस्तरहीन रहेको निष्कर्षसहित कारबाहीका लागि निर्देशन दिएको हो ।

समितिले तीनकुनेको पुलमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ ।

२१ करोड ३३ हजार रुपैयाँको लागतमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानीसमेत रोकिएको छ ।

पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो ।


(२०७६ जेष्ठ ३१, शुक्रबार) २०:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान आकर्षण भएको छ । जनसंचार.....

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले.....

राजाबादी र बिद्रोही नेकपाबाट गणतन्त्रलाइ खतरा ! कति हास्नु ? ;शेखर कोइराला

मोरङ जनअधिकार अभियानको आयोजनामा वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । बरिष्ठ अधिवक्ता एवम् जनअधिकार अभियान नेपालका.....

Exchange Rate

Nepali Patro