पत्रकारहरुले दिउँसै लाल्टिन बालेर सिट्ठी बजाउने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ २८, मंगलवार) २०:१७

मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

महासंघको केन्द्रीय कार्यलयमा पत्रकारसम्बद्ध संघसंगठन एवम् सरोकारवाला निकायसंग मंगलबार छलफलपछि महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

छलफलपछि नेपाल पत्रकार महासंघले आजैएक प्रेस बिज्ञप्ति जारी गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघका महासचिब रमेश कुमार विष्टले हस्ताक्षर गरी जारी गरेको महासंघको विज्ञप्तिमा दिउँसो मध्यान्ह लाल्टिन जुलुश निकाल्नेदेखि लिएर सिटी जुलुशसम्मका आन्दोलनका कार्यक्रमहरू समावेश गरिएको छ ।

महासंघले आगामी असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान चलाउने, ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाउने, १० गते कार्टुन प्रदर्शन गर्ने, १५ गते जिल्लाका सबै शाखाहरूबाट आफ्ना क्षेत्रका सांसदहरूलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने, २० गते प्रेस स्वतन्त्रतासभाको आयोजना गर्ने, २५ गते दिउँसै लाल्टिन जुलुश गर्ने र ३० गते देशव्यापी सिटी जुलुश र सभा गर्ने कार्यक्रम तय गरेको छ ।

वैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रूपमा सफल भएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आन्दोलनमा आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु र आम जनताको सहयोग र सहभागितासमेत प्राप्त भएको छ ।’

तेस्रो चरणको आन्दोलनका लागि महासंघले देशव्यापी हस्ताक्षर संकलनदेखि लिएर देशव्यापी सिटी जुलुशसम्मको कार्यक्रम घोषणा गरेको छ ।

छलफल कार्यक्रममा अन्नपूर्ण पोष्टका प्रधानसम्पादक हरि बहादुर थापा, नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा लगाएतका सरोकारवाला संगठनका प्रतिनिधिहरुले अान्दोलन अझै घनिभुत पार्नुपर्ने कुरामा जोड दिएका थिए ।

यसअघि गरेको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको पत्रकार महासंघका महासचिव रमेश विष्टले बताएका छन् ।


(२०७६ जेष्ठ २८, मंगलवार) २०:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro