यत्रतत्र भौंतारिएको शिक्षित युवा जनशक्ति : मोनिका गुरुङ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ २५, शनिबार) २१:०९

भनिन्छ ज्ञानले हसाउछ विज्ञानले रुवाउछ | ज्ञानले सधै सबैलाई हसाउन सक्दैन र रुवाउने बिज्ञान अपरिहार्य साबित हुन् सक्छ | यो केवल एक लाइन होइन वाक्य होइन | गहन रुपमा बुझ्दाखेरी कुनै निश्चित कडीसम्म डोर्याउने साधन बन्न सक्छ |

एक्काइसौ शताब्दीको विज्ञानको युग, चरम शिक्षित युवा बेरोजगार र राजनैतिक उदण्डताले नेपाल ग्रस्त छ | भनिन्छ हरेक चिज समयसंगै बदल्नु समयको नियति हो | तर यहाँ समय बदलिएको छ, तर नियति उही |

तीन करोड नेपाली  जनताको माझबाट एक जना युवाको जिबनको छोटो अंशलाई उदाहरण बनाइ हेर्ने हो भने पनि देशको स्थितिको आंकलन गर्न सकिन्छ | पढेरै मात्रै जिबन जित्न सकिन्छ, सबथोक पाउन सकिन्छ, सबै समस्याको समाधान गर्छ पढाईले भन्ने संस्कार पाएर हुर्केको त्यो युवाले सोचेको थिएन होला कि अरबको गर्मीमा बेल्चा हान्छु भनेर,कोरियामा सुगुर पाल्छु भनेर, बिदेशी भूमिमा परेड खेल्छु भनेर | उसले सोचेको थिएन होला उसले आफु भन्दा कम पढाई भएको नेताको पीए बनेर उसका अघि पछी ज्यु हजुर गर्छु भनेर | उसले नसोचेको पनि हुन् सक्छ कि कडा मेहनत गरि आर्मी पुलिसमा सेवा दिन्छु भनेर | यहा जो जे बनेका छन् नि सबै हालतले बनाइदिएका मुर्तिहरु हुन् | अब त् स=सानो बच्चाहरुलाई ‘बाबु तिमि ठुलो भएपछी के बन्ने’ भनेर सोद्धा उसले पनि ‘हेरम तेतिबेला के हुन्छ’ भन्ने होशियारीपुर्बक जवाफ दिन थालेको छ | हैन भने यो भन्दा पहिले सबै ‘डाक्टर पाइलट नर्स बन्छु’ भन्थे | हो उसको यो जवाफ उसले हैन अहिलेको विज्ञानले दिएको हो |

एक शिक्षित् युवा जसलाई विज्ञानले राम्रैसंग चिनेको छ, शारीरिक र मानसिक रूपले बलवान छ | चाहेमा जे पनि गर्न सक्ने समयले उसलाई पर्खिरहेको छ l तर उसले आफ्नो जिबनलाई पुरै निराशा, पिडा, तनाव आत्माग्लानी अफसोच पश्चाताप अनि बित्रिष्णामा चुर्लम्म डुबेको छ | कारण यहि हो कि उसले आफ्नो रुची अनुसारको काम गर्न पाएको हुदैन | जब कि पढेपछि नाम, दाम र काम उच्चस्तरीय हुनु पर्छ भन्ने मानसिकता बोकेको यो समाजमा उसले आफुलाई कहाँ भेट्टायो त भन्दा ‘हो तेही निराशा र बित्रिष्णामा’ जसले अराजक र अपराधिक मनस्थितिको जन्म हुन्छ र ऊ सदाका लागि अस्ताउछ |

यदि उसले यो बिन्दु पार गरेर उत्रेछ भने गरिवीको मार खाएर हुर्केको उसले आकर्षक महल , उच्च ओहदा र आफ्नो पछाडी केहि झुण्डको दुस्स्वप्न देख्न थाल्छ |यसो नगरेमा आफुले दु:ख गरि पढेको ज्ञान समयले दिएको विज्ञानको अधकल्तो ज्ञान खेर गएको  सम्झिन्छ | आफ्नो महत्वकान्क्षा खेर जान नदिनका लागि उसले दु:ख गरि कमाएर ,वा  भ्रष्टचार गरेर भएपनि सपनाको लड्डु फोर्छ र उसले आफुले अहिलेसम्म आर्जेको भएभरको ज्ञान , देखेको सामाजिक राजनैतिक परिवेश , व्यक्तिगत जिबनमा भोगेका सुख दु:खको अनुभूतिले औला देखाएपछी उसले बाटो खोज्न थाल्छ | कुन बाटोले मेट्छ त उसको तिर्खा ? राजनीतिले ?पत्रकारिताले ? समजसेवाले ? कलाकारिताले ? अथवा के चिजले ? जसरी होस्  उसलाई ख्याती चाहिएको छ |

आफुसंग भएको खुबी  अनुसारको रोजगारी नपाउँदा र दक्षता अनुसारको काम गर्न नपाउंदा देशको लागि ठुलो योगदान गर्न सक्ने शिक्षित युवा शक्ति यत्रतत्र अवसरको खोजीमा भौंतारिरहेका छन् l उनीहरुको दक्षता, अनुभव र सीपलाई सही सदुपयोग गर्नमा राज्यले उपयुक्त निती निर्माण गरी अघि बढ्नुपर्ने देखिन्छ l नत्र शिक्षित र दक्ष जनशक्ति विदेश पलायन हुन बाध्य हुनेछन l अत : यसतर्फ सम्बन्धित सरोकारवालाहरुको बेलैमा ध्यान जानु पर्ने देखिन्छ |


(२०७६ जेष्ठ २५, शनिबार) २१:०९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना