बम बिष्फोटका घाईतेलाई “एम्बुस”का रुपमा प्रयोग भएकोमा ने.क.पा.को आपत्ति, कडा संघर्षमा उत्रने चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ जेष्ठ २५, शनिबार) ०९:०३

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जेठ १३ गते आम हड्तालका क्रममा घाइते भएका बिरामीहरुलाई वर्तमानओली–बादल गृह प्रशासनले आफ्ना नेता-तथा कार्यकर्ताहरुलाई फंसाउन “एम्बुस”का रुपमा प्रयोग गरेकोमा आपत्ति प्रकट गर्दै त्यसो नगर्न सरकारलाई कडा चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो चेतावनी दिएका हुन्  । प्रवक्ता प्रकाण्डले  विज्ञप्तिमा ओली–बादल गृह प्रशासनले विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको आरोप लगाउंदै “फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ ।” भनेका छन् ।

सरकारी यस्तो गलत रबैया र व्यवहारको निन्दा गर्दै प्रबक्ता प्रकाण्डले विज्ञप्तिमार्फत त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् । साथै उनले  यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नकोलागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायसमक्ष सोही विज्ञप्तिमार्फत अपिल पनि गरेका छन् ।

विज्ञप्तिमार्फत जेठ १३ गते आम हड्ताल सफल पार्ने क्रममा “प्राविधिक समस्या” उत्पन्न भै बिस्फोट हुँदा ५ जना पार्टीका नेता तथा कार्यकर्ता घाइते भएका र उनीहरुको सहिद मेमोरियल अस्पताल (कलंकी), ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहनु भएको जानकारी दिएको छ ।

आम हड्ताल सफल पार्ने क्रममा “प्राविधिक समस्या” उत्पन्न भै बिस्फोट हुँदा ५ जना पार्टीका नेता तथा कार्यकर्ता घाइते भएको बताइएपनि त्यसको कारण भने सरकार भएको विज्ञप्तिमा आरोप लगाइएको छ । ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिडिरहेका आफ्नो पार्टीका युवा नेता तिर्थ घिमिरे ‘राजु’लाई नि:शस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


(२०७६ जेष्ठ २५, शनिबार) ०९:०३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना